स्थानीय तह र प्रदेशका लागि लोकसेवा भर्ना छिट्टै, रिक्त पद खोज्न सात टोली « Khabarhub

स्थानीय तह र प्रदेशका लागि लोकसेवा भर्ना छिट्टै, रिक्त पद खोज्न सात टोली


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्य पत्रपत्रिकामा जस्तै आजको राजधानी दैनिकले पनि लगानी सम्मेलन समापनको समाचारलाई नै पहिलो पृष्ठमा ‘१६ परियोजनामा १७ आवेदन, १५ वटामा सम्झौता’ शीर्षकमा छापेको छ ।

लगानी सम्मेलनमा सरकार र निजी क्षेत्रले प्रस्तुत गरेक ७७ मध्ये १६ परियोजनाका लागि आवेदन परेको छ । आवेदन दिने समय २० अप्रिलसम्म भए पनि अहिले नै १६ वटा परियोजनाका लागि आवेदन परेको जनाइएको छ ।

यसैगरी चौधरी ग्रुपले सौर्य उर्जामा अमेरिकी लगानी भित्र्याउने शीर्षकमा पनि समाचार छापिएको छ ।

पत्रिकाले ‘अनुमतिबिना गैरऔषधि धमाधम बिक्री’ शीर्षकमा अर्को समाचार पहिलो पृष्ठमा छापेको छ । औधषि व्यववस्था विभागको अनुमतिबिना खाद्यपूरक सामग्री नेपाली औषधि बजारमा खेलआम बिक्री वितरण हुने गरेको उल्लेख गरिएको छ ।

त्यसैगरी पत्रिकाले स्थानीय तह र प्रदेशका लागि लोकसेवा भर्ना छिट्टै खुल्ने समाचार पनि ‘रिक्त पदा खोज्न सात टोली’ शीर्षकमा छापिएको छ ।

सरकारले प्रदेश र स्थानीय तहमा विभिन्न सेवा समूहका रिक्त पद पत्ता लगाउन सात टोली परिचालन गर्ने निर्णय गरेको पत्रिकामा जनाइएको छ ।

त्यसैगरी शैक्षिक क्षेत्रमा एकपछि अर्को विकृति शीर्षकमा सम्पादकीय छापेको छ । समग्र देश र नागरिकलाई सभ्य र अनुशासित बनाउन शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ । तर हाम्रो शिक्षा क्षेत्र विकृति नै विकृतिले गाँजिन थालेको छ ।

 

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ५ : ५५ बजे

चुनावका कारण फागुन १ बाट सर्‍यो ‘कल्ली’, अझै छन् ४ फिल्म

काठमाडौं – फागुन २१ को निर्वाचनले त्यस महिनामा प्रदर्शनम मिति

डेभिल्ससँग नेपालको ऐतिहासिक टी–२० विश्वकप डेब्यु

काठमाडौं–  डेभिल्सले नेपाली क्रिकेटलाई  प्रोत्साहन गर्दै नयाँ अभियान सार्वजनिक गरेको छ

खगेन्द्रको स्पष्टोक्ति : ‘म शाकाहारी हुँ, विपक्षीले बदनाम गर्न गाई खान पाउने भिडियो हाले’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार खगेन्द्र सुनुवारले आफू

कोरिया जान पाऊँ भन्दै ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए (तस्बिरहरू)

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको