फोहोरको पोको अब घरधनीलाई फिर्ता ! « Khabarhub

फोहोरको पोको अब घरधनीलाई फिर्ता !


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज प्रकाशित कान्तिपुर दैनिकमा विभिन्न शीर्षकका धेरैवटा समाचार प्रकाशन भएका छन् ।

जसमध्ये कान्तिपुरले पहिलो पृष्ठमा १७ खर्बको प्रस्ताव भन्दै लागनी सम्मेलन बारेको समाचारलाई प्रस्तुत गरेको छ । त्यस्तै तारागाउँ रिजेन्सीमा नककली कारोबार शीर्षकको समाचार कान्तिपुरले पहिलो पृष्ठमा प्रकाशन गरेको छ ।

समाचारमा जनाइए अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानमा अस्वाभाविक देखिएका केही कारोबारमा सहायक कम्पनीहरुले नक्कली भ्याट बिलको प्रयोग गरेको भेटिएको हो । तीमध्ये केही कम्पनीको कारोबारबारे राजश्व अनुसन्धान विभागले छानविन गरिरहेको छ ।

कान्तिपुरले फोहोरको पोको घरघरै फिर्ता शीर्षकको समाचार दोस्रो पृष्ठमा प्रकाशन गरेको छ । समाचारमा लेखिएको छ‘नगरपालिकाको टिपर टक्क घरअगाडि रोकियो । कर्मचारीले घरधनीलाई पोको थमाउँदै भने,‘लौ तपाईको सामान तपाई नै राख्नुहोस् ।’

अलमलमा परेका घरधनीले खुरुखुरु हात थापो । खोलेर हेर्दा त्यसमा फोहोर थियो । त्यही फोहर जनु उनीहरुले राति सुटक्क लगेर खोल्सामा पालेका थिए । स्याङजाको वालिङ नगरपालिकाकाले शनिवार वडा नम्बर १० को फेदी मोहोरियाका बासिन्दाले जथाभावी फालेको फोहोर उनीहरुलाई नै फर्काइदिएको हो ।

यसै कारण वालिङ बजारमा विहान केही घण्टा निकै चर्काचर्की चलेको थियो ।

फोहोरका पोकामा बिल तथा प्रमाण पुग्ने कागजपत्र भेटिएपछि वडाध्यक्ष अनन्तराज गैरेमार्फत मिल्काउनेको घरमा पुर्याइएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ७ : ०५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया