छिमेकी फकाउँदै चीन, ‘एसिया युग’ निर्माणको यात्रामा « Khabarhub

छिमेकी फकाउँदै चीन, ‘एसिया युग’ निर्माणको यात्रामा


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आजको अन्नपूर्ण पोस्ट दैनिकले पनि लगानी सम्मेलनको समाचारलाई नै मुख्य समाचारका रुपमा छापेको छ । १५ आयोजनामा समझदारी शीर्षकमा पत्रिकाले लगानी सम्मेलनमा प्रस्तावित ७७ परियोजनामध्ये १५ वटामा लगानी गर्न दुई पक्षबीच सझदारी भएको उल्लेख गरेको छ ।

त्यसैगरी पत्रिकाले छिमेकी फकाउँदै चीन शीर्षकमा अर्को समाचार छापेको छ । बेल्ट एन्ड रोड इनिसिएटिभमा सक्रिय चीन छिमेकीको साथ लिएर शक्तिशाली मुलुकका रणनीति फितलो बनाउन जुटेको छ ।

विश्व शक्ति अमेरिकाले इन्डो प्यासिफिक रणनीति र अमेरिकी सिल्क रोडको अवधारणा अघि सारेको अवस्थामा चीन छिमेकीका साथ खोजेर ‘एसिया युग’ निर्माणको लागेको  जनाइएको छ।

पत्रिकाले प्राध्यापक झु काइहुवाको भनाइलाई यही समाचार उल्लेख गरेको छ– ‘शक्ति  मुलुक आफ्नो ढाँचाले अघि बढ्नु स्वभाविक हो । छिमेकी मुलुक दुई शक्तिको मारमा नपरुन भन्नेमा हामी सचेत छौं ।’

त्यस्तै पत्रिकाले दोस्रो पृष्ठको मुख्य समाचारका रुपमा विप्लवका कार्यकर्ता सर्वोच्चको शरण्मा शीर्षकमा समाचार छापेको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई कार्यकर्तालार्य सर्वोच्च अदालतले थुनामुक्त गर्न अस्वीकार ग¥यो ।

कार्यकर्ता राजु कार्की र केदार खतिवडाको बन्दी प्रत्यक्षीकरण रिटलाई न्यायाधीश सपना मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले चैत १ गते खारेज गरिदिएको थियो ।

त्यस्तै पत्रिकाले सासूको यातना, पतिको बेवास्तामा पिल्सिीएका विराटनगर १५ की २३ वर्षीका जिमी कुमारीको व्यथालाई पनि छापेको छ ।

माइतीपक्षले दाइजोमा कार नदिएपछि आफू घर निकालामा परेको जिमी बताउँछिन् । त्यस्तै सासू सरितादेवी दासले कुटपिट गर्दै घरमा बस्न नदिएपछि डेढ वर्षकी छोरीसहित माइतको आश्रयमा पुगेको उनले बताएकी छिन् ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ७ : ११ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको