चर्चभित्र आत्मघाती बम आक्रमणको योजना बनाउने ३० जनालाई सजाय « Khabarhub

चर्चभित्र आत्मघाती बम आक्रमणको योजना बनाउने ३० जनालाई सजाय


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इजिप्ट–  इजिप्टमा एक चर्चभित्र आत्मघाती बम आक्रमणको योजना बनाउने ३० जनालाई सजाय सुनाइएको छ ।

इजिप्टको अदालतले अलेक्जाण्ड्रिया शहरमा रहेको चर्चमा आत्मघाती बम आक्रमण तथा अन्य स्थानमा आतंककारी आक्रमण गर्ने योजना बुनेको अभियोगमा दोषी ठहर गर्दै ३० जनामध्ये १८ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ । त्यस्तै, ८ जनालाई १५ वर्षको जेल सजाय सुनाइएको छ भने बाँकीलाई १० वर्षको जेल सजाय सुनाइएको छ ।

उनीहरु आतंकवादी संगठन इस्लामिक स्टेटको समर्थक रहेको, उनीहरुले भूमध्य सागरको तटमा रहेको डामिएटा शहरस्थित एक मदिरा पसलमा आक्रमणको योजना बनाएको र विदेशमा गैरकानूनी तालिम लिएको समेत अभियोग लगाइएको थियो ।

सजाय पाउनेमध्ये २० जना अदालतमा उपस्थित रहेपनि बाँकी १० जना फरार रहेको बताइएको छ ।

उनीहरुले आक्रमणको योजना बनाएपनि सम्भावित आक्रमण अगावै सुरक्षाकर्मीको कारवाहीमा उनीहरु पक्राउ परेको र संम्भावित आक्रमण रोकथाम भएको अधिकारीले जनाएका छन् ।

इस्लामिक स्टेटले इजिप्टमा धार्मिक अल्पसङ्ख्यकको रुपमा रहेका इसाई र अन्य सैनिक तथा गैरसैनिक निशानालाई लक्षित गरी आतंककारी आक्रमण गर्दै आएको छ । सन् २०१७ को अप्रिल महिनामा इजिप्टको अलेक्जाण्ड्रिया र टेण्टा शहरमा कप्टिक इसाईलाई लक्षित गरी इस्लामिक स्टेटले गराएको बम आक्रमणमा ४७ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ८ : ०१ बजे

शीर्ष नेता कसले कहाँबाट मतदान गर्दैछन् ?

काठमाडौँ- प्रतिनिधिसभा सदस्यको निर्वाचन आज हुँदैछ । प्रमुख दलका नेता

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश

जेन-जी विद्रोहले तोकेको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज

काठमाडौँ – जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २१ गते बिहीबार चैत

आज २०८२ साल फागुन २१ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २१ गते बिहीबार चैत