दम्भ देखाउँदा ज्ञानेन्द्रले नारायणहिटी छोड्नु पर्‍यो, यो सरकारले दम्भ नदेखाओस्– महतो « Khabarhub

दम्भ देखाउँदा ज्ञानेन्द्रले नारायणहिटी छोड्नु पर्‍यो, यो सरकारले दम्भ नदेखाओस्– महतो


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राजपाका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो दुई तिहाइको वर्तमान सरकारले सञ्चारक्षेत्रलाई नियन्त्रण र हस्तक्षप गर्न खोजेको आरोप लगाएका छन् ।

आइतबार रिपोर्टर्स क्लवको वार्षिक उत्सवमा बोल्दै नेता महतोले सरकारको दम्भले मिडिया नियन्त्रण गर्न खोजेको र यो निकै दुखद् भएको बताए ।

लोकतान्त्रिक व्यवस्थाका कारण यो सरकार बनेको भन्दै उनले यसलाई जोगाउन जरुरी भएको बताए । ‘सत्ताको दम्भमा जब सत्ताले हरेक क्षेत्रमा नियन्त्रणको प्रयास गर्छ त्यो सरकार टिकेको छैन’ उनले भने ।

सरकारले आफ्नो असफलता लुकाउन मिडियालाई नियन्त्रण गर्ने काम दुर्भाग्य पूर्ण भएको महतोको भनाइ थियो । सरकारले असफलता लुकाउनका लागि मिडियामाथि अंकुश लगाउनु भन्दा राम्रो काम गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

जनताले दुई तिहाइ मत आफ्ना आकांक्षा पूरा गर्न दिएको भन्दै नेता महतोले जनताको आकांक्षालाई पूर्ण गर्ने दायित्व सरकारको भएको बताए ।

‘राजा ज्ञानेन्द्रले दम्भ देखाएका कारण नारायणहिटी बाट सरेर कहाँ पुगे ’ महतोले प्रश्न गर्दै भने,‘त्यसैले राज्यले दम्भ देखायो भने जनताले सजाय दिन्छ ।’

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  १० : ०७ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र