प्रधानमन्त्रीको दुई दिन झापा भ्रमणको कार्यक्रम–वडा कमिटीको शपथदेखि पशुपक्षी हाटको उद्घाटनसम्म « Khabarhub

प्रधानमन्त्रीको दुई दिन झापा भ्रमणको कार्यक्रम–वडा कमिटीको शपथदेखि पशुपक्षी हाटको उद्घाटनसम्म


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दै छन् ।

दुईदिने झापा–मोरङ बसाइका क्रममा प्रधानमन्त्री ओलीले मोरङको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको उद्घाटन, मदन भण्डारी स्मृति प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम छ ।

उनले दमक नगरपालिका परिसरमा आजै अपराह्न आयोजना हुने प्रदेश नं १ स्तरीय साहित्यिक गोष्ठीको उद्घाटन गर्नुका साथै मदन भण्डारी रङ्गशालासम्बन्धी छलफलमा सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्रीले आजै गौरादह र दमक नगरपालिकाका जनप्रतिनिधिहरुसँग पनि भेटघाट एवं छलफल गर्नेछन् । त्यस्तै भोलि बिहान उनले दमक रेडक्रस हलमा आयोजना हुने नगर र वडा कमिटीको शपथ तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन् । भोलि नै प्रधानमन्त्रीले दमकमा निर्माण भएको पशुपक्षी हाटको उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  १० : १२ बजे

प्रक्रिया सुरु नहुँदै रोकियो स्वास्थ्य निकायका रिक्त पदाधिकारीको नियुक्ति

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न निकायहरूमा

वन डिभिजनद्वारा वातावरण दिवसका अवसरमा कपडाका झोला वितरण

नेपालगञ्ज– विश्व वातावरण दिवसका अवसरमा प्लास्टिकमुक्त अभियानअन्तर्गत एक हजार थान कपडाका

छानबिन समिति संयोजक भन्छन् : सुधनको सम्पत्ति भिड्यो कि भिडेन म अहिले भन्न सक्दिनँ

काठमाडौं- तत्कालीन गृहमन्त्री सुधन गुरुङको सम्पत्ति र शेयर कारोबारबारे छानबिन

विपन्न परिवारलाई नयाँ घर

भोजपुर– हतुवागढी गाउँपालिका–२ लुङ्गिनमा आर्थिक रुपमा विपन्न दलित समुदायका आठ

मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मगर खाम भाषामा पठनपाठन सुरु भएको