नेपाल दक्षिण एशियाको उदाउँदो तारा : परराष्ट्रमन्त्री ज्ञवाली « Khabarhub

नेपाल दक्षिण एशियाको उदाउँदो तारा : परराष्ट्रमन्त्री ज्ञवाली


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘नेपाल लगानी सम्मेलन २०७५’ मा विदेशी समुदाय र लगानीकर्ताले नेपाललाई दक्षिण एशियाको उदाउँदो ताराका रुपमा चित्रित गरिएकामा आफूहरुलाई गौरवबोध भएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको २१औँ वार्षिकोत्सवका अवसरमा आइतबार यहाँ आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले पछिल्लो समयमा नेपालको अन्तर्राष्ट्रिय छवि उच्च भएकाले सो सम्मेलनले नेपालको विकासका लागि थप प्रेरणा दिएको बताए ।

उनले भने, “सरकार स्पष्ट सोचका साथ आर्थिक सामाजिक रुपान्तरणको दिशामा अघि बढेको छ । यसमा हामी छिमेकी भारत र चीनको सहयोग लिँदै अन्तर्राष्ट्रिय समुदायको साथ पनि लिएर अघि बढ्ने छौँ ।”

मन्त्री ज्ञवालीले नेपाललाई कुनै मुलुकसँग वैरभाव नगर्ने र सबैसँग मित्रभाव राख्ने विदेश नीतिको निरन्तरतासहित समृद्धिको यात्रामा अघि बढाउन सञ्चार क्षेत्रको पनि उत्तिकै सहयोगको अपेक्षा व्यक्त गरे ।

गैरआवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले मुलुकमा समृद्धिका लागि उचित वातावरण मिलेका जनाउँदै विदेशीको मुख मात्र नताकी नेपालीहरु नै जागृत भएर आर्थिक विकासमा लाग्नुपर्ने बताए ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  १० : ४५ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६