मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजापुर– बर्दियाको बारबर्दिया नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । नगरपालिका–९ स्थित बनगाईमा भएको दुघर्टनामा घाइते भएका मधुवन नगरपालिका–१ का २१ वर्षीय सुरज चौधरी, १४ वर्षीया कृष्णा चौधरी र २३ वर्षीय खगेन्द्र बस्नेतको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

सुरज चौधरीले चलाएको भे८प ६९६८ नम्बरको मोटरसाइकल र खगेन्द्र बस्नेतले चलाएको बा ९१ प ९३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी बर्दियाले जनाएको छ ।

तीव्रगतिका कारण मोटरसाइकल ठोक्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ११ : ३४ बजे

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज चैत १६, २०७९, अंग्रेजी क्यालेन्डर अनुसार मार्च ३०, २०२३।

सरकार व्यक्तिगत स्वार्थमा केन्द्रित भयो : ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले

उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत

काठमाडौँ – निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका

मेची राजमार्गमा सधैँ जमिन भासिने र पहिरो खस्ने समस्या

पाँचथर – जमिन भासिने र पहिरो झरिरहने समस्याले पूर्वी नेपालका

मेयर्स कपको उपाधि एपीएफले जित्यो

काठमाडौँ – ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको