झरनाले ‘मेरो मेगास्टार’ भन्दै अनमोललाई दिइन् शुभकामना « Khabarhub

झरनाले ‘मेरो मेगास्टार’ भन्दै अनमोललाई दिइन् शुभकामना


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘ए मेरो हजुर ३’ मा अनमोल केसीलाई मुख्य भूमिकामा अभिनय गराएकी निर्देशक झरना थापाले अनमोल केसीलाई मेगास्टारको ट्याग दिन छोडेकी छैनिन् ।

फिल्मी क्षेत्रमा अनमोल केसीलाई जम्मा ७ वटा फिल्म खेल्दैमा मेगास्टारको ट्याग लगाइदिन नहुने भनेर बहस पनि हुने गरेको छ । किनकि, अनमोल केसी भर्खरै फिल्म क्षेत्रमा पाइला चालेका अभिनेता हुन् । सफल हुनै बाँकी हुँदा दिइएको यो उपाधिले पछि उनलाई नै टोक्ने त होइन ? यो बारेमा भने कसैले ध्यान पु–याएका छैनन् ।

‘ए मेरो हजुर ३’ को टिजरमा अनमोल केसीलाई झरनाले मेगास्टार भन्दै परिचय गराइन् । त्यसपछि उनको निरन्तरता ट्रेलरमा पनि देखियो ।
उनै झरनाले अनमोललाई सामाजिक सञ्जाल फेसबूकमा जन्मदिनको शुभकामना दिँदै मेगास्टार भनेकी छिन् ।

‘ह्याप्पी बर्थडे मेरो मेगास्टार, तिम्रो अनुहारबाट खुशी कहिल्यै टाढा नहोस् ।’, उनले लेखेकी छिन् ।

झरना थापाले निर्देशन गरेको फिल्म ‘ए मेरो हजुर ३’ यही चैतमा प्रदर्शनमा आउँदैछ । यो फिल्ममा झरना थापाकी छोरी सुहाना थापा अनमोलको अपोजिटमा छिन् ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  १ : २९ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने