लगानी सम्मेलनबाट ऐतिहासिक उपलब्धी हासिल भयो– प्रधानमन्त्री | Khabarhub Khabarhub

लगानी सम्मेलनबाट ऐतिहासिक उपलब्धी हासिल भयो– प्रधानमन्त्री


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सम्पन्न लगानी सम्मेलनबाट नेपालले ऐतिहासिक उपलब्धी हासिल गरेको दावी गरेका छन् ।

गृहजिल्ला झापालगायतको २ दिने भ्रमणमा निस्किएका ओलीले आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले भने, ‘हामी देश विकासका लागि तीव्र गतिले लागेका छौं । लगानी सम्मेलनलाई कुनै गलत तर्क–बितर्क, तथ्य र बहसको खाँचो छैन ।’

सरकारले पहिलो वर्षमा गरेका कामलाई आधार मान्दा आर्थिक बृद्धिदर करिब ८ प्रतिशत पुग्ने पनि ओलीले दावी गरे ।

‘पहिलो वर्ष संरचना बसाल्न, कानून बनाउन र अप्ठेरोलाई सजिलो बनाउने वर्षका रुपमा रह्यो,’ ओलीले भने, ‘अब कार्यान्वयनले गति लिन्छ ।’
प्रधानमन्त्री ओलीले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा कुनै राजनीतिक पार्टी नभएको पनि बताए ।

विप्लव समूह कहिँ कतै दर्ता नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सबै समूहहरु, गिरोहरु पार्टी हुन्छ भन्ने हुँदैन । उनीहरु पार्टी हैनन, राजनीतिक गतिविधिमा पनि संलग्न छैनन् ।’

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  २ : ०९ बजे

प्रदेश सरकारले पुनः निर्माण कोषमा ४० करोड जम्मा गर्ने

विराटनगर – कोशी प्रदेश सरकारले पुनःनिर्माण कोषमा रु ४० करोड

भारतलाई हराउँदै बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं – बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

विश्वकप छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी यु–१९ महिला

सुगम नगरको दुर्गम बस्ती

कञ्चनपुर – यहाँको भीमदत्त नगरपालिका–९ खल्लाकी निर्मला खड्काको पाँच कट्ठा

गोसाइँकुण्डमा हिमपात सुरु

रसुवा – गोसाइँकुण्ड क्षेत्रमा हिमपात सुरु भएको छ । लौरीविनायकभन्दा