‘मेगास्टार’ को खेती, अनमोललाई नै त हुँदैन धेरै क्षति ? « Khabarhub

‘मेगास्टार’ को खेती, अनमोललाई नै त हुँदैन धेरै क्षति ?


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता अनमोल केसीलाई केही वर्षयता जबरजस्ती मेगास्टार बनाइएको छ । उनलाई मिडिया र स्वयम् कलाकारहरुले ‘मेगास्टार’ को ट्याग दिइरहँदा अर्कातिर दर्शकप्रति उनको क्रेज घटेको महसूस गर्न सकिन्छ । यद्यपि युट्युबमा भने उनका हरेक कन्टेन्ट ट्रेन्डिङमा आउने गर्छन् ।

यो पक्का हो, पहिले अनमोलको जुन क्रेज थियो । त्यसमा अहिले केही ब्रेक लागेको छ । पहिले हलमा जसरी अनमोलका फिल्म हेर्न दर्शक उर्लिन्थे । अहिले ती दर्शकले पनि अनमोलमा लूकसँगै फिल्ममा अभिनय पनि खोज्न थालेका छन् ।

हुन त नेपाली फिल्मप्रति नै दर्शकको गुनासो छ यो समयमा । दर्शक कुनै फिल्म हेर्न पनि हलसम्म आइरहेका छैनन् । यता अनमोल केसीलाई भने फिल्मकर्मीले नै आफ्नो फिल्मको प्रयोजनका लागि सोही अनुसार प्रयोग गरिरहेका छन् । के अनमोल केसी मेगास्टार हुन् ? प्रश्न जति सामान्य छ, उत्तर त्यति सजिलो पक्कै छैन । किनकि, उनले यो क्षेत्रमा करिअर शुरु गरेको धेरै भएको छैन ।

अनमोलले आफू मेगास्टार भएको कहीँकतै बताएका त छैनन् तर दर्शकले माया गरेर आफूलाई यो ट्याग दिएको बताइरहेका छन् । यसमा अनमोलको प्रतिक्रिया जायज लाग्नु स्वभाविक हो । तर, के अनमोललाई फिल्मकर्मीले नै मेगास्टार भन्दै उचाल्नु स्वभाविक हो ?

यो फिल्मकर्मीले नै बुझ्नुपर्ने कतिपय बताउँछन् ।

हालै प्रदर्शनमा आउन लागेको फिल्म ‘ए मेरो हजुर ३’ को टिजर र ट्रेलरमा अनमोललाई मेगास्टारको उपाधि दिइएको छ । जबकि, अनमोल केसीले जम्मा ७ फिल्ममा काम गरेका छन् । उनी अझै पनि काम सिकिरहेका छन् । फिल्मबारे बुझिरहेका छन् । यो अनमोल आफैले स्वीकार्छन् ।

तर उदाउँदै गरेका कलाकारले करिअरको शुरुवातमै मेगास्टारको ट्याग दिँदा के अनमोललाई फाइदा छ ?

एक फिल्मकर्मी भन्छन्, ‘सरासर घाटा छ ।’

जुन उपाधि दिइएको छ, त्यसका आधारमा अनमोलका फिल्मले छुट्टै किसिमको क्रेज दिनुपर्ने हो । ‘मेगास्टार’को शाब्दिक अर्थमा जाने हो भने मनोरञ्जन र क्षेत्रमा सर्वाधिक चर्चित कलाकार या पपस्टारलाई मेगास्टार भन्ने गरिन्छ । के अनमोल केसी नेपालका सर्वाधिक चर्चित अभिनेता हुन् ?

केही फ्यानले युट्युबमा गरेको कमेन्टका आधारमा अनमोललाई मेगास्टार भन्नु जायज नभएको कतिपयको तर्क छ । फिल्म क्षेत्रमा उपाधि दिने निकाय त छैन तर भर्खरै फिल्म खेल्दै गरेका अनमोललाई भोलिका दिनमा यो ‘ट्याग’ आफैलाई भारी हुन्ने पक्का छ ।

अरु सर्वाधिक चर्चित भएपछि मेगास्टारको ट्याग पाउँछन् । तर अनमोललाई भने अरुले जबरजस्ती ‘मेगास्टार’ बनाउन खोजिरहेका छन् । यो अनमोलका लागि पनि बडो दुर्भाग्यको कुरा हो ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  २ : ०९ बजे

धादिङ १ मा आशिकालाई रास्वपाको टिकट, कमेडियन हिमेश ’आउट’

काठमाडौं- सामाजिक अभियन्ता आशिका तामाङलाई राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र

पोर्चुगल राष्ट्रपति चुनाव : कट्टर–दक्षिणपन्थी भेन्टुरा रनअफमा

एजेन्सी – कट्टर–दक्षिणपन्थी लोकप्रियतावादी दलका नेता आन्द्रे भेन्टुराले आइतबार सम्पन्न

योगेशले भने : एमालेलाई जिताउन सबै जुटौँ, ओलीसँग फागुनको चुनावपछि कुरा गरौँला

काठमाडौं– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एकताबद्ध भएर निर्वाचनमा जुट्न

करिब ६२ करोडको लागतमा भक्तपुर अस्पतालको भवन बन्दै

भक्तपुर– बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पताल परिसरमा आधुनिक एवं

अनशनरत स्वास्थ्यकर्मी र सरकारबीच पाँच बुँदे सहमति 

काठमाडौं– स्वास्थ्यकर्मीको आमरण अनशन सरकारसँगको पाँच बुँदे सहमतिपछि आइतबार साँझ