भारतको राजस्थानमा लडाकु विमान दुर्घटनाग्रस्त « Khabarhub

भारतको राजस्थानमा लडाकु विमान दुर्घटनाग्रस्त


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतको राजस्थानमा भारतीय वायुसेनाको लडाकु विमान दुर्घटनामा परेको छ । राजस्थानको राजधानी जोधपुरबाट १ सय २० किलोमिटर दक्षिणमा रहेको सिरोही जिल्लामा भारतीय वायुसेनाको रुसमा निर्मित मिकोयान मिग २७ लडाकु विमान दुर्घटनामा परेको भारतीय अधिकारीले जनाएका छन् ।

विमानका चालक भने सुरक्षित रुपमा विमानबाट जमिनमा अवतरण गर्न सफल भएको बताइएको छ नियमित उडानका क्रममा रहेको लडाकु विमान दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रारम्भिक जानकारी अनुसार विमान दुर्घटना भएको स्थानमा जनधनको कुनै क्षति भएको छैन । इन्जिनमा खराबी आएपछि विमान दुर्घटनामा परेको आशंका गरिएपनि त्यसको पुष्टि भइसकेको छैन । दुर्घटनाग्रस्त लडाकु विमान राजस्थानको उत्तरलाई विमानस्थलबाट उडेको थियो । प्रहरीले त्यस दुर्घटना भएको स्थानलाई सिल गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

राजस्थानकै बिकानेरमा मिग २१ लडाकु विमान दुर्घटनामा परेको तीन सातापछि पछिल्लो दुर्घटना भएको हो । पछिल्ला केही समययता भारतीय वायुसेनाले ठूलो परिमाणमा सैनिक विमान र हेलिकोप्टर गुमाउँदै आएको छ ।

सन् २०१८ यता मात्र भारतीय वायुसेनाले १७ वटा सैनिक हेलिकोप्टर र विमान गुमाइसकेको छ भने गत फेब्रुअरी महिनामा मात्र भारतले ९ वटा सैनिक विमान र हेलिकोप्टर गुमाएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ३ : ५९ बजे

कृष्णभीरमा नयाँ ट्याक : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा भक्तजनको लाम

काठमाडौँ – अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको

शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ – ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त

बाढी-पहिरो : बिपी र पृथ्वी राजमार्ग अवरुद्ध, कुन सडकको अवस्था के ?

काठमाडौँ – बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न मुख्य राजमार्ग

पोखरामा जग्गाको कित्ताकाट खुल्यो

गण्डकी – पोखरा महानगरपालिकाले भू–उपयोग वर्गीकरण गरेसँगै जग्गाको कित्ताकाट खुलेको