आफ्नो धोती फुस्केको थाहा छैन, सरकारमाथि ख्याँउ-ख्याँउ : मन्त्री बाँस्कोटा « Khabarhub

आफ्नो धोती फुस्केको थाहा छैन, सरकारमाथि ख्याँउ-ख्याँउ : मन्त्री बाँस्कोटा


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले प्रेस स्वतातन्त्रतका नाममा मिडिया आतंक मच्चाएको आरोप लगाएका छन् ।

आज काठमाडौँमा भएको एक कार्यक्रममा मन्त्री बाँस्कोटाले प्रेस स्वतन्त्रताका सावलमा सरकार गम्भिर रहेको भन्दै स्वतन्त्रता कुनै पनि हालतमा अपहरित नहुने स्पष्ट पारेका हुन् ।

उनले भने “ प्रेस स्वतन्त्रताको बारेमा स्पष्ट भए हुन्छ । स्वतन्त्रता अपहरित हुँदैन । केही पनि हुदैन । ज्ञानेन्द्रसंग तुलना नगर्नु होला । ज्ञानेन्द्रको पृष्टभूमि र अहिले सरकार चलाईरहेको पार्टीको पृष्टभूमि, निष्ठा, लक्ष, उद्देश्य , लोकतान्त्रिक आन्दोलन, प्रजातान्त्रिक आन्दोलन र देशभक्ति पूर्ण आन्दोलन र जनताको नागरिक आन्दोलनको लागि विल्कुल भिन्न पृष्ठभूमि हो । कसैले जनताको अधिकार खोस्यो । कसैले जनताको अधिकारका निम्ति संगसंगै लडेर आएको छ । ७ साल देखि नै लडेर आएको छ । सधै यो कुरा किन उठाउनुहुन्छ । मलाई अच्चम लाग्छ ।”

स्वतन्त्रताको नाममा पछिल्लो समय मिडिया आतंक देखिने गरेको टिप्पणी गर्दै उनले अघि भने “प्रतिष्ठित पत्रकारहरु वास्तविक पत्रकारहरु अहिले लज्जित हुदैछन् । रुलिङ पार्टीको अध्यक्ष पुष्पकमल दाहालको अमेरिका भिजिटमा के के सम्म समाचार छाप्नुभयो ? आफ्नो समाचार हरेर उहाँलाई यहाँ देख्दा आफैलाई लाज लाग्दैन अहिले ? के लेखियो भनेर ? आफ्नो धोती फुस्केको थाहा छैन । सरकारमाथि ख्याँउ ख्याँउ अचम्म लाग्छ । ”

नियमन र नियन्त्रण फरक विषय भएको भन्दै उनले आलोचना र विश्लेषण गर्नुभन्दा पहिले सरकारले ल्याएका सबै नीति, कार्यक्रम र योजनाहरु पढ्न आग्रह समेत गरे ।

सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका बारेमा आएका टिप्पणी प्रति आक्रोश पोख्दै उनले भने “कसले फेसबुकमा प्रतिबन्ध लगाउने भन्या छ ? कसले टुईटरमा लगाउने भन्या छ ? पैसा चाहि तिर्नु पर्छ कि पर्दैन यहाबाट पैसा लगेपछि ? ट्याक्स चाही तिर्नुपर्छ कि पर्दैन ? हामीले सम्वृद्ध राष्ट्र बनाउने भन्या छौं । विज्ञापनको बजार विस्तार हुनु पर्छ कि पर्दैन ?”

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ४ : १० बजे

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई

कीर्तिपुरमा मरेका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ- काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएको कागमा बर्डफ्लु

इजलासमा कानुन व्यवसायीको बहस : रविलाई चोख्याउन जीबीलाई पनि उन्मुक्ति दिइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीविरुद्धको सम्पत्ति

म कुनै वैकल्पिक बाटो प्रयोग गरेर सरकारमा जान लागेको छैन : कुलमान घिसिङ

काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्ने

प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

झापा – लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने