चीनको रासायनिक कारखानामा विष्फोट, ७ जनाको मृत्यु « Khabarhub

चीनको रासायनिक कारखानामा विष्फोट, ७ जनाको मृत्यु


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन– चीनको एक रासायनिक कारखानामा विष्फोट हुँदा ७ जनाको ज्यान गएको छ । पूर्वी चीनको जिङ्साउ प्रान्तमा रहेको रासायनिक कारखानामा विष्फोट हुँदा अरु ५ जना घाइते भएको चिनियाँ अधिकारीले जनाएका छन् ।

जिङ्साउ प्रान्तको कुन्शान शहरमा रहेको कुन्शान वाफर टेक्नोलोजी लिमिटेडको कारखानामा विष्फोट भएको हो । ताइवानमा मुख्यालय रहेको म्याग्नेसियम र एलुमुनियमका सामग्रीहरु निर्माण गर्ने वाफर कम्पनीको कारखानामा विष्फोट हुनुको कारणबारे अनुसन्धान भइरहेको चिनियाँ अधिकारीले जनाएका छन् ।

कारखानामा रहेको धातु जडान गर्ने स्थानबाहिर विष्फोटन भएको बताइएको छ । विष्फोटनको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ । साङ्घाई शहरबाट ७० किलोमिटर पश्चिममा रहेको कुन्शान शहरमा एक हजारभन्दा धेरै ताइवानी कम्पनीहरु सञ्चालनमा छन् ।

यसअघि मार्च २१ मा चीनकै अर्को रासायनिक कारखानामा विष्फोट हुँदा ७८ जनाको ज्यान गएको थियो । चीनमा यस्ता औद्योगिक दुर्घटनामा परी हरेक वर्ष सयौँले ज्यान गुमाउने गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ५ : ४४ बजे

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको