फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा १४ लडाकु मारिए « Khabarhub

फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा १४ लडाकु मारिए


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिलिपिन्स– सुरक्षाकर्मीसँगको झडपका क्रममा फिलिपिन्समा १४ संदिग्ध कम्युनिष्ट लडाकु मारिएको त्यहाँको प्रहरीले जनाएको छ । मध्य फिलिपिन्सको नेग्रोस ओरियन्टल प्रान्तमा भएको झडपमा १४ कम्यनिष्ट लडाकु मारिएको त्यहाँको राष्ट्रिय प्रहरीले जनाएको हो ।

कम्युनिष्ट लडाकुहरु लुकेर बसेको सूचनाको आधारमा सेनासँगको सहकार्यमा शुरुमा केही घरमा प्रहरीले छापा मारेको र त्यसपछि लडाकुले सुरक्षाकर्मीमाथि गोली चलाएपछि झडप भएको जनाइएको छ ।

प्रहरीले घटनास्थलबाट बन्दुक, गोलीगठ्ठा र विष्फोटक पदार्थसहितका हतियार समेत बरामद गरिएको जनाएको छ ।

यद्यपि प्रान्तमा सक्रिय त्यहाँ सक्रिय नर्दन नेग्रोस अलायन्स अफ ह्युमन राइट्स नामक समूहले आक्रमणको निन्दा गर्दै प्रहरीको कारवाहीमा ज्यान गुमाउनेहरु कम्युनिष्ट लडाकु नभई सामान्य किसानहरु रहेको दाबी गरेको छ ।

सुरक्षाकर्मीले निश्चित सङ्ख्यामा कम्युनिष्ट लडाकु विरुद्ध कारवाही गरेको प्रतिवेदन बुझाउनु पर्ने भएकाले उनीहरुले सर्वसाधारणलाई लक्षित गरी आक्रमण गर्ने र त्यसलाई कम्युनिष्ट लडाकुविरुद्धको कारवाहीको संज्ञा दिने गरिएको मानवअधिकारकर्मीहरुको भनाइ छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ५ : ५६ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस