श्रमिकका समस्याको सुनुवाइ अब सिंहदरबारबाटै | Khabarhub Khabarhub

श्रमिकका समस्याको सुनुवाइ अब सिंहदरबारबाटै


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आन्तरिक श्रम बजार र वैदेशिक रोजगारी क्षेत्रका श्रमिका समस्याबारे सुनुवाई गर्ने उद्देश्यले सोमबारदेखि कल सेन्टर सञ्चालनमा ल्याउने भएको छ । श्रमिकका समस्याको सुनुवाई सिंहदरबारबाटै गर्ने उद्देश्यले कल सेन्टर सञ्चालनमा ल्याउन लागिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक श्रम बजारमा रोजगारीको खोजीमा रहेका तथा वैदेशिक रोजगारीका क्रममा विदेशीमा अलपत्र परेका श्रमिकका समस्या सुनुवाइ गर्ने उद्देश्यले सोमबारदेखि ‘कल सेन्टर’ सञ्चालनमा ल्याउने लागेको जानकारी दिएको छ । उक्त कल सेन्टरको सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले औपचारिक रुपमा उद्घाटन गर्नेभएका छन् ।

मन्त्रालयले यो भन्दाअघि स्थापना गरेका हेल्प डेस्क टेलिफान सेवा बन्द भएपछि नयाँ कल सेन्टर स्थापना गरी सेवा दिन लागेको जनाएको छ । अब, अन्तरिक श्रम बजारमा कार्यरत श्रमिक र वैदेशिक रोजगार पीडितले सिधै सिंहदरबारभित्र स्थापना हुने कल सेन्टरमा सम्पर्क गरेर आफ्ना समस्या र गुनासो दर्ता गराउन सक्नेछन् ।

वैदेशिक रोजगारी तथा आन्तरिक रोजगारीका क्रममा समस्यामा परेका श्रमिकले सहजताका लागि आधुनिक प्रविधिसहितको कल सेन्टरको विकास गरिएको श्रम मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले जानकारी दिए ।

वैदेशिक रोजगारीमा मात्र नभई आन्तरिक श्रम बजारमा रोजगारी गरिरहेका श्रमिकका समस्या पनि सुनुवाइ गर्ने उद्देश्यका साथ श्रम मन्त्रालयले कल सेन्टर सञ्चालनमा ल्याएको प्रवक्ता डा. रेग्मीले बताए ।

उनले भने, ‘समस्यामा परेका श्रमिक र उनका परिवारले सहायता केन्द्रमा फोन गर्दा पैसा लाग्ने छैन, यसका लागि टोल फ्री नम्बर राखिने छ । पछिल्लो स्वदेश तथा विदेशमा रोजगारीकै क्रममा अनेक दुःख पाउने तथा अलपत्र पर्ने नेपालीको संख्या बढिरहेको हुँदा उनीहरुको सुनुवाईका लागिा कल सेन्टर स्थापना गर्न लागिएको हो ।’

कल सेन्टरलाई भने २४ घन्टा नै सेवा दिनेगरी सञ्चालनमा ल्याउन लागिएको छ । कल सेन्टरमा दुई ‘सिफ्ट’मा काम गर्ने कर्मचारी राखिने मन्त्रालयको भनाइ छ ।

सामाजिक सञ्जालबाट उजुरी गर्ने मिल्ने

कल सेन्टरले फोनबाट मात्रै नभएर भाइबर, फेसबुक, ट्विटर, इमो, ह्वाट्सएप लगायत सबै सामाजिक सञ्जालबाट उजुरी लिने व्यवस्था गरिएको मन्त्रालयले जानकारी दिएको छ । यी सेवा दिन मन्त्रालय प्रविधिक संयन्त्र विकास गरिसकेको जानकारी दिएको छ । श्रम मन्त्रीले उद्घाटन गरेपछि सोमबारदेखि सेवा सुरु हुनेछ ।

सेन्टरमा उजुरी दर्ता भए लगत्तै सम्बन्धित अधिकारी तथा निकायलाई इमेल र मोबाइलमा सूचना (नोटिफिकेसन) समेत हुने गरी सफ्टवेयर विकास गरिएको मन्त्रालयले जनाएको छ । उजुरी र कामदारको समस्यालाई कल सेन्टरले तुरुन्तै अनलाइनमा दर्ता गरेर सम्बन्धित दूतावास, नियोग, विभाग तथा सरकारी निकायमा जानकारी गराएर समाधानका लागि पहल गरिने व्यवस्था गरिएको मन्त्रालय जानकारी दिएको छ ।

सहायता कक्ष खोलिए, तर बन्द भए

तत्कालीन श्रम तथा रोजगार मन्त्रीद्वय दीपक बोहोरा र फर्मुल्लाह मन्सुरको पालमा पनि श्रमिकका गुनासा सुन्नको लागि श्रम मन्त्रालयको निजी सचिवालयसँगै वैदेशिक सहायता कक्ष सञ्चालनमा ल्याइएको थियो ।

वैदेशिक सहायता कक्षमा केही दिन श्रमिकका गुनासा टिप्ने काम पनि भयो, तर कार्यान्वयन के एकको दुई हुन सकेन । श्रमिकका दुःख र पीडाको सुनुवाई हुन नसकेपछि मन्त्रीको निजी सचिवालयलाई नै बोझ भई अन्ततः बन्द गरियो ।

तत्कालीन मन्त्री दीपक बोहोराको कार्यकालमा मन्त्रालयका सह–सचिव आभा श्रेष्ठ कर्णको संयोजकत्वमा वैदेशिक रोजगार विभागका तत्कालीन निर्देशक रमा भट्टराईसहित ५ जना अधिकृत कर्मचारी रहेको  र्‍यापिड रेस्पोन्स टिम (आरआरटी) स्थापना गरिएको थियो । यो पनि खोल्न नपाइ बन्द भएको थियो ।

यसरी खोलिएका सहायता कक्ष तथा कल सेन्टरहरु मन्त्रीको पद फुस्किएसँगै बन्द हुन पुगेका थिए । यस्ता सहायता कक्षमा गुनासाको चाङ भएपनि सुनुवाई नभएको पीडित श्रमिहरुको गुनासो छ । यस्ता सहायता कक्षमा म्यानपावर र दलालहरुले नक्कली भिसामा विदेश लगेर अलपत्र पार्नेदेखि, जोखिमयुक्त प्रकृतिको काममा लगाइएका श्रमिकका गुनासा अधिका मात्रामा आउने गरेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ७ : ३० बजे

कोहलपुरका अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरण

बाँके– बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ का ८६ अव्यवस्थित

मगर समुदायले भूमे पर्व मनाउँदै, लुम्बिनी प्रदेशका चार जिल्लामा बिदा 

दाङ– मगर जातिले आइतबार आफ्नो मुख्य भूमे पर्व मनाउँदै छन्

एकैस्थानमा १७ सय बढीले गरे रक्तदान

चितवन– चितवनमा आयोजना गरिएको रक्तदान महोत्सवमा एक हजार ७१७ जनाले

रमेश भुसालको ‘छालबाटो’ माथि परिचर्चा 

पोखरा– पोखरामा शनिबार रमेश भुसालको कृति ‘छालबाटो’ माथि परिचर्चा गरिएको

मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दार चौधरीको मृत्यु

मोरङ– मोरङको पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल  दुर्घटना हुँदा प्रहरी सहायक हबल्दार