अब त आफन्तसँग हिँड्दा पनि ‘ब्याइफ्रेन्ड’ भन्दिन्छन् « Khabarhub

अब त आफन्तसँग हिँड्दा पनि ‘ब्याइफ्रेन्ड’ भन्दिन्छन्


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका वर्षा शिवाकोटी गसिपमा भन्दा बढी काममा रमाउन खोज्छिन् । पछिल्लो समय रिलिज भएको यी नायिकाको फिल्म ‘पुरानो बुलेट’ ले खासै राम्रो प्रतिक्रिया पाउन सकेन । उनका हातमा फिल्मका अफर त आइरहेका छन् तर नयाँ फिल्म साइन गरेकी छैनिन् । उनी अभिनित फिल्म ‘वीर विक्रम २’ जेठबाट रिलिज हुँदैछ ।

यो फिल्मको एउटा गीत सार्वजनिक भइसकेको छ । र, उक्त गीतले दर्शकबाट माया पाएको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत मिडियाप्रति गुनासो गरिरहने वर्षालाई यसै वरिपरि रहेर हामीले पाँच प्रश्न सोधेका छौँ:

आजभोलि केमा व्यस्त हुनुहुन्छ ?

अहिले त यही ‘वीर विक्रम २’ को प्रचारमै व्यस्त छु । प्रचारकै क्रममा छौँ । यही कामले व्यस्त बनाएको छ ।

‘वीर विक्रम २’ ले तपाईंलाई कत्तिको नोटिसेबल गराउला त दर्शकमाझ ?

त्यस्तो ठूलो अपेक्षा त छैन । तर राम्रो टिमसँग काम गर्दा व्यक्तिगत रुपमा फाइदा भइरहेको छ । केही दिनअघि मात्र हामीले फिल्म हे–यौँ । मेरो कामलाई सबै जनाले मन पराउनुभएको छ । आशावादी चाहिँ छु ।

सामाजिक सञ्जालमा गुनासो पोख्नुभएझैँ देखिन्छ नि ! किन होला त्यस्तो ?

पछिल्लो समयमा कलाकारहरुलाई समानता नदिएको हो झैँ लाग्छ । अहिलेको समयमा कुनै फिल्म पनि दर्शकले हेरेको अवस्था छैन । कलाकारको क्रेज हलसम्म देखिएको छैन । सानो कलाकारको स–सानो कुरालाई लिएर घाटा भएको छ भन्ने पनि लाग्छ । कति कलाकारले त टिकटक चलाउनुहुन्छ र आफ्नो प्रस्तुति सबै त्यहीँ दिनुहुन्छ । यसरी हेर्दा हामी कलाकार नै सस्तो भइरहेका छौँ कि भन्ने लाग्छ । मेरो त टिकटक एप पनि छैन ।

वर्षा शिवाकोटीको फेसबूकबाट

हामी फिल्मलाई दोष दिनुभन्दा पहिले कलाकारले भ्यालु घटाएका हौँ कि भन्ने पनि हो । अर्को कुरा मिडियाले पनि चलेकोलाई उचाल्ने र नचलेका कलाकारलाई त्यहीँ छोडिदिने गरेझैँ लाग्छ । नम्बर वान कलाकारलाई दिएको प्राथमिकता अरु कलाकारलाई मिडियाले स्पेस दिएको छैन । कलाकारले पनि युट्युबमा फिल्मको भन्दा व्यक्तिगत कुरा गर्नुभन्दा फिल्मकै कुरा गरे हुन्थ्यो भन्ने लाग्छ ।

निर्देशक मिलन चाम्ससँग किन नाम जोडिएको होला ?

त्यो चाहिँ अब कस्तो भयो भने ‘वीर विक्रम २’को लागि भनेर एक वर्षदेखि काम गरिरहेको छैन । पहिले स–साना भूमिकामा काम गरेँ । अहिले मैले ठूलो ब्यानरमा काम गरेँ । हुन त म अलि रिजर्भ नै छु । एकैपटक ठूलो ब्यानरमा काम गर्दा समय दिनुपरेको छ । त्यही भएर पनि कुरा जोडिएको होला ।

अर्को कुरा त मलाई ब्याइफ्रेन्ड या अन्य कुराले हिट हुन मन लागेको पनि छैन । म यस्ता कुरा भन्दा पनि फिल्मकै कुरा बढी होस् भन्ने चाहन्छु । अलि रिजर्भ नै भएको र यसबारेमा कुरा नगर्ने भएकाले होला दुई दिन आफन्तसँग हिँड्दा पनि ब्राइफ्रेन्ड रैछ भन्ने सोच्छन् ।

फिल्ममा अफर आइरहेका छन् कि ? के को तयारीमा हुनुहुन्छ ?

फिल्मका अफर आइरहेको छु । आज पनि एउटा फिल्मको स्किृप्टकै काममा थिएँ । तर स्किृप्टले खासै चित्त बुझाएको छैन । मलाई अहिले करिअरलाई फाइदा हुने हिसाबले पनि काम गर्न मन छ । जेठसम्म त ‘वीर विक्रम २’ कै कामले व्यस्त छु । त्यसपछि कुन फिल्म खेल्ने भन्ने विचार गर्नुपर्ला ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ६ : ४७ बजे

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत आयोजना सञ्चालन

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा

साँगा-धुलिखेल सडक स्तरोन्नतिको काम कता पुग्यो ?

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु

महाधिवेशनमा एमालेले ५० हजार बढी युवा उतार्ने

काठमाडौं – नेकपा (एमाले)को महाधिवेशनमा युवा संघ नेपालले ५० हजार

आइतबारको माैसम पूर्वानुमान : देश आशिंक बदली

काठमाडौं – आइतबार दिउँसो देशभर घाम लाग्दै बादल लाग्ने मौसमविद्ले

ओली कुटीको नक्सा पोस्ट गर्दै शिक्षामन्त्री लेख्छन्- ‘इन्जिनियरलाई कारबाही गर्नुपर्छ !’

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले ओली कुटीको नक्सा बनाउने इन्जिनियरलाई