नयाँ सुपुर्दगी कानूनविरुद्ध हजारौँको प्रदर्शन « Khabarhub

नयाँ सुपुर्दगी कानूनविरुद्ध हजारौँको प्रदर्शन


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– नयाँ सुपुर्दगी कानूनको विरोध गर्दै हङ्कङमा हजारौँले प्रदर्शन गरेका छन् । हङ्कङले हालै प्रस्ताव गरेको नयाँ सुपुर्दगी कानूनले अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रको रुपमा रहेको हङ्कङको छवि बिग्रिने र त्यसले व्यक्तिगत स्वतन्त्रताको हनन् गर्ने भन्दै त्यसविरुद्ध प्रदर्शन भएको हो ।

प्रदर्शनमा १२ हजारभन्दा धेरैको सहभागिता रहेको आयोजकले जनाएका छन् । यद्यपि सुरक्षा अधिकारीले भने प्रदर्शनमा ५२ सय जनाजति सहभागी रहेको जनाएका छन् ।

गत फेब्रुअरीमा सार्वजनिक गरी शुक्रबार प्रस्ताव गरिएको नयाँ सुपुर्दगी कानून अनुसार हङ्कङका प्रमुखलाई त्यहाँको वर्तमान न्यायिक व्यवस्था विपरित अन्य स्थानमा अभियोग लागेर हङ्कङमा बसोबास गर्दै आएका मानिसलाई चीन र ताइवानसहित हङ्कङको न्यायिक अधिकार क्षेत्र बाहिर पनि सुपुर्दगी गर्न सक्ने कार्यकारी अधिकार दिइएको छ ।

आलोचकहरुले यो कानूनले व्यक्तिगत स्वतन्त्रताको हनन् हुने आरोप लगाउँदै आएका छन् । यता त्यहाँको सरकारले भने त्यस कानूनलाई आवश्यक संशोधन र परिमार्जन गर्न बाँकी नै रहेको भन्दै त्यसलाई आगामी बुधबार परिमार्जन र संशोधनका लागि प्रस्ताव गरिने जनाएको छ ।

यद्यपि हङ्कङका विपक्षी विधायक तथा मानवअधिकारकर्मीहरुले नयाँ कानूनलाई मुख्यभूमि चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले आफ्ना विरोधीलाई दबाउनका लागि दुरुपयोग गर्नसक्ने र कानूनले हङ्कङको न्यायिक स्वतन्त्रता खतरामा पर्नसक्ने चिन्ता व्यक्त गर्दै आएका छन् ।

हङ्कङले त्यहाँ बसोबास गर्दै आएका चीनविरोधी नेतालाई पक्राउ गरी चीनलाई सुपुर्दगी गरेमा त्यहाँ उनीहरुलाई यातना दिइने, उनीहरुको मानवअधिकार हनन् हुनसक्ने चिन्ता व्यक्त हुँदै आएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ६ : ५४ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका