राहुल गान्धी दुई ठाउँबाट चुनाव लड्दै, दक्षिण भारतबाट पनि उम्मेदवारी « Khabarhub

राहुल गान्धी दुई ठाउँबाट चुनाव लड्दै, दक्षिण भारतबाट पनि उम्मेदवारी


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको विपक्षी दल काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले दुई निर्वाचन क्षेत्रबाट आसन्न आम निर्वाचनमा उम्मेद्वारी दिने भएका छन् ।

काँग्रेस पार्टीका वरिष्ठ नेता एके एन्टोनीले पत्रकार सम्मेलनका क्रममा अध्यक्ष राहुल गान्धीले आफ्नो परम्परागत निर्वाचन क्षेत्र उत्तर प्रदेश राज्यको अमेठीका साथै दक्षिण भारतको केरला राज्यस्थित वायानाड निर्वाचन क्षेत्रबाट पनि उम्मेद्वारी दिने जनाएका हुन् ।
उनले यसअघि अमेठीबाट उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् ।

गान्धीलाई दक्षिण भारतका कर्णाटक, केरला वा तामिल नाडु राज्यमध्येका कुनै निर्वाचन क्षेत्रबाट पनि निर्वाचनमा उम्मेद्वार बन्न समर्थक र साझेदारहरुले दबाब दिएको जनाएका छन् । आफ्ना समर्थकको दबाबलाई राहुल गान्धीले उपेक्षा गर्न नसकेकाले वायानाडबाट चुनावमा उम्मेद्वारी दर्ता गर्न मञ्जुर भएको एन्टोनीको भनाइ छ ।

यसअघि भारतीय सञ्चारमाध्यमले गान्धी दोश्रो निर्वाचन क्षेत्रबाट पनि चुनावमा सहभागी हुनसक्ने जनाएका थिए । यता हाल सत्तामा रहेको तथा यस चुनावमा काँग्रेसको सबैभन्दा ठूलो प्रतिस्पर्धी दल भारतीय जनता पार्टी बीजेपीका नेताहरुले भने राहुल गान्धी आफ्नो परम्परागत निर्वाचन क्षेत्रबाट निर्वाचनमा विजयी हुनेमा ढुक्क हुन नसकेकाले उनी त्यहाँबाट भागेर सुरक्षित निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्न जान खोजेको आरोप लगाएका छन् ।

यता काँग्रेस पार्टीका प्रवक्ता रणदीप सूर्जेवालाले भने प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्नो गृहराज्य गुजरातबाट नभई उत्तर प्रदेशको बनारसबाट उम्मेद्वारी दिएकाले राहुल गान्धीको यस्तो निर्णयलाई अमेठीबाट भागेको अर्थमा बुझ्न नहुने प्रतिक्रिया दिएका छन् ।

सन् २०१४ मा भएको आम निर्वाचनमा गान्धीले अमेठीमा भारतीय जनता पार्टीकी प्रभावशाली नेतृ तथा हाल कपडा मन्त्रीको भूमिकामा रहेकी स्मृति इरानीलाई एकलाख भन्दा धेरै मतअन्तरले पराजित गरेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  १० : ५९ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।