ब्राजिलका राष्ट्रपति बोलसोनारो इजरायल भ्रमणमा « Khabarhub

ब्राजिलका राष्ट्रपति बोलसोनारो इजरायल भ्रमणमा


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्राजिल–ब्राजिलका दक्षिणपन्थी राष्ट्रपति जइर बोलसोनारोले इजरायलको भ्रमण शुरु गरेका छन् ।

चार दिने इजरायल भ्रमणमा इजरायल पुगेका राष्ट्रपति बोलसोनारोलाई स्वागत गर्न तल अभिभ शहरको बेन गुरियोन अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू पुगेका थिए ।

विमानस्थलमा आयोजना गरिएको स्वागत कार्यक्रममा नेतान्याहूले भ्रमणका क्रममा बोलसोनारोले इजरायलसँग सुरक्षा तथा अन्य क्षेत्रमा ‘धेरै सम्झौता’ गर्ने र उनले प्राचिन शहर जेरुसलेममा रहेको यहुदी धर्मको पवित्र स्थल पश्चिमी पर्खालको पनि भ्रमण गरी प्रार्थाना गर्ने जनाएका छन् ।

यसअघि बोलसोनारोले जेरुसलेम शहरलाई इजरायलको राजधानीको मान्यता दिनसक्ने घोषणा गरेका थिए । यद्यपि यस भ्रमणका क्रममा उनले राजधानीबारे औपचारिक घोषणा गर्ने सम्भावना भने नरहेको बताइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ९ : ०२ बजे

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब