वीरगञ्ज– आइतबार साँझ आएको हावाहुरीका कारण पर्सा र बारामा २५ जनाको मृत्यु भएको छ । हावा हुरीका कारण घर भत्किनुका साथै बिजुलीका पाेल ढलेर २५ जनाको मृत्यु भएको जनाइएकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमा लेखेका छन्-
हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाईते भएको जानकारीमा आएकोछ। मृत्युबरण गर्नेहरूप्रति शोकव्यक्त गर्दछु। र, शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।
मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन भने पर्साका विभिन्न स्थानमा ४ सय भन्दा बढ घाइते भएको जनाइएको छ ।
घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको छ ।
हुरीका कारण आपत्मा परेकाहरुको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया