अपडेट: हावा-हुरीबाट बारा र पर्सामा २५ जनाको मृत्यु, ४ सय बढी घाइते « Khabarhub

अपडेट: हावा-हुरीबाट बारा र पर्सामा २५ जनाको मृत्यु, ४ सय बढी घाइते


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– आइतबार साँझ आएको हावाहुरीका कारण पर्सा र बारामा २५ जनाको मृत्यु भएको छ । हावा हुरीका कारण घर भत्किनुका साथै बिजुलीका पाेल ढलेर २५ जनाको मृत्यु भएको जनाइएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमा लेखेका छन्-

हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाईते भएको जानकारीमा आएकोछ। मृत्युबरण गर्नेहरूप्रति शोकव्यक्त गर्दछु। र, शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन भने बारा र  पर्साका विभिन्न स्थानमा ४ सय भन्दा बढी घाइते भएको जनाइएको छ ।

घाइतेहरुको  नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको छ ।

हुरीका कारण आपत्मा परेकाहरुको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ ।

घटना रातिको समयमा भएका कारण उद्धारमा कठिनाइ भएको जनाइएको छ ।

 

 

 

 

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ११ : १० बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि