परीक्षामा अनियमितता : आफन्तलाई जागिर खुवाउन फरक-फरक प्रश्नपत्र | Khabarhub Khabarhub

परीक्षामा अनियमितता : आफन्तलाई जागिर खुवाउन फरक-फरक प्रश्नपत्र


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पद उही। परीक्षा उही। हल उही। तर, प्रश्नपत्र फरक। यस्तो कहाँ हुन्छ ? अन्यत्र नभए पनि नेपाल रेडक्रसमा हुँदो रहेछ। रेडक्रसले परीक्षा लिएर छैटौं तह लेखा अधिकृत नियुक्ति गरेको एक वर्ष हुन लाग्यो। आफ्ना मान्छे पास गराउन त्यो परीक्षामा भएको बेइमानी भने बल्ल खुलेको छ। त्यसमा उही हलमा बसेका परीक्षार्थीलाई फरक प्रश्नपत्र दिइएको पाइएको अन्नपूर्ण पोस्टमा खबर छ।

एउटा २० अंकको बाहेक अरू प्रश्न भने दुवैमा मिल्छन्। द्वितीय पत्रको नेपाली खण्डको १ नम्बरमा एउटा प्रश्नपत्रमा आन्तरिक लेखा परीक्षणबारे प्रश्न छ। अर्कोमा अन्तर्राष्ट्रिय व्यापारबारे।

प्रश्न फरक बन्नुको प्रकरण भने गम्भीर छ। छैटौं तहको लेखा र प्रशासनको परीक्षा उही दिन उही समय (२०७५ असार २ गते बिहान ८ बजेदेखि) भएको थियो। प्रशासनको एक प्रतिस्पर्धीलाई लेखा समूहको, त्यो पनि फरक प्रश्न दिइयो। उनको परीक्षा बिग्रियो। उनलाई षड्यन्त्रपूर्वक असफल गराएर सफल बनाइयो तत्कालीन अध्यक्ष सञ्जीव थापाकी भतिजी प्रतीक्षा थापालाई। उनी सञ्जीवका कान्छा भाइ राजीवकी छोरी हुन्। राजीव उदयपुरमा रेडक्रस उपशाखाका सभापति छन्। ती परीक्षार्थीलाई प्रशासनकै प्रश्न परेको भए थापाले सम्भवतः पास गर्ने थिइनन्।

यसबारे रेडक्रस केन्द्रीय पदपूर्ति समितिका तत्कालीन सभापति सुरेन्द्र ऐरले फरकफरक प्रश्नपत्रको प्रकरण स्वीकारे। ‘अन्तिम घडीमा प्रश्नपत्रको एउटा प्रश्न स्तर नमिल्ने ठानियो। त्यसलाई फेरियो। पुरानो प्रश्नपत्र पनि थाकमै छुटेछ र प्रशासन समूहको एक परीक्षार्थीलाई परेछ’, उनले भने, ‘उनको परीक्षा कमसल भयो। उनले रेडक्रसमा उजुरी पनि दिएका छन्।’ तर, न उनको सुनुवाइ भयो। न परीक्षा रद्ध गरियो। यति ठूलो बदासीलाई प्राविधिक त्रुटिका नाममा अलमल्याउँदै आइएको छ।

धामी बन्न बालकको हत्या शीर्षकको समाचारमा धनुषा ढल्केबरका अढाइ वर्षीय बालक आर्यन साहको हत्या भएको छ । मिथिला नगरपालिका–६ का शम्भुकुमार साहका छोरा आर्यनलाई छिमेकी शत्रुधन महतोले तान्त्रिक शक्ति प्राप्त गर्न हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले बताए ।

महतोले प्रहरीलाई आफूले तान्त्रिक शक्ति प्राप्त गर्न बालकको हत्या गरेको बयान दिएका छन् । उनले वैशाख २३ गते साँझ ५ बजे आर्यनलाई चकलेट दिएर घरमा थिए । ‘बालकलाई राति राखेर दूध खुवाई उनले सँगै सुताएछन्’, एसपी खनालले भने, ‘मध्यरातमा तान्त्रिक विधिअनुसार विभिन्न सामग्री चढाई घाँटी रेटी हत्या गरेछन् ।’ महतोले बालकको हत्या गरी शव घरपछाडि बाँसघारीमा फालेका थिए ।

सांसददेखि राष्ट्रपतिसम्मको तलब वृद्धि शीर्षकको समाचारमा सरकारले सांसददेखि राष्ट्रपतिसम्मको तलब बढाएको छ। अर्थमन्त्री युवराज खतिवडाले बुधबार संसद्मा सार्वजनिक गरेको बजेटमा राजपत्र अनंकित (सुब्बासम्म) को २० प्रतिशत र राजपत्रांकित (अधिकृत र सोभन्दा माथि) का कर्मचारीको तलबमा १८ प्रतिशत वृद्धि हुने घोषणा गरिएको थियो। कर्मचारीको तलब वृद्धिसँगै भीभीआईपीको तलब पनि स्वतः बढेको अर्थ मन्त्रालयका अधिकारी बताउँछन्। बढेपछि राष्ट्रपतिको मासिक तलब १ लाख ७७ हजार ५ सय ३१ रुपैयाँ पुग्नेछ।

सांसदको तलब वृद्धिसँगै मन्त्री, उपप्रधानमन्त्री, प्रधानमन्त्री, उपराष्ट्रपति र राष्ट्रपतिको तलब वृद्धि हुने अर्थ मन्त्रालय स्रोतले बतायो। संघीय सांसदको मासिक पारि श्रमिक हाल ५५ हजार २ सय ३० रुपैयाँ छ। मुख्य सचिवको तलब ५४ हजार ५ सय ८८ छ। मुख्य सचिवको १८ प्रतिशत तलब वृद्धि हुँदा ६४ हजार ४ सय १४ पुगेको छ। संसद् सचिवालयका अनुसार संघीय सांसदको पारि श्रमिक पनि १८ प्रतिशतले वृद्धि हुँदा ६५ हजार १ सय ७२ पुग्नेछ। सांसदको तलब ९ हजार ९ सय ४१ रुपैयाँले प्रतिमहिना वृद्धि हुनेछ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ७ : ११ बजे

कम्पनी साझेदारका रूपमा रवि लामिछाने पनि सहकारी ठग हुन् : शंकर पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगीमा संलग्न

पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि

काठमाडौं – विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल

एलओडीमा आउँदै अमेरिकन र्‍यापर लिल पम्प

काठमाडौं – अमेरिकन चर्चित र्‍यापर ‘लिल पम्प’ नेपाल आउने भएका

मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानमा व्यवस्था

बालबालिकाका लागि रचनात्मक कार्यमा ध्यान दिन्छौँ चिरीबाबु महर्जन

ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बालदिवसलाई लक्षित गरी