प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई आज भेट्दै « Khabarhub

प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई आज भेट्दै


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज (शुक्रबार) भेटवार्ता हुँदैछ । हैदराबाद हाउसमा आधा घण्टाभन्दा बढी समय हुने भेटमा नेपाल–भारत सम्बन्धका समग्र आयामका विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओलीले सोही भेटमा भारतका नवनियुक्त प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिनेछन् ।

डेढ वर्षअघि दोस्रोपटक प्रधानमन्त्री भएपछि ओलीको यो दोस्रो भारत भ्रमण हो। यसअघि २०७४ चैतमा उनले भारतको औपचारिक भ्रमण गरेका थिए। उक्त भ्रमणले नेपाल–भारत सम्बन्धमा देखिएको अविश्वास र तिक्तता हटाउन सघाएको विश्वास गरिएको थियो। ओलीको भ्रमणलगत्तै मोदीले पनि नेपाल भ्रमण गरेका थिए।

प्रधानमन्त्री ओली बिहीबार साँझ भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी भए । प्रधानमन्त्री ओलीले शपथग्रहण समारोहपछि भारतीय राष्ट्रपति रामनाथ कोविन्द र बिमस्टेक राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखसँग संक्षिप्त भेट गरेका थिए । त्यसपछि उनी राष्ट्रपति कार्यालयमै आयोजित रात्रिभोजमा सहभागी भएका थिए ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ९ : २९ बजे

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व उल्लेख्य वृद्धि

रूपन्देही– आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२–०८३ को

सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

झापा– झापाको मेचीनगर नगरपालिका– ६ स्थित मेची पुलमा भारतबाट नेपाल

आदर्श कप फुटबल प्रतियोगिताको उपाधि होराइजन क्लब वालिङ्गलाई

कास्की– स्याङ्जाको होराइजन क्लब वालिङ्गले २६औँ आदर्श कप फुटबल प्रतियोगिता

सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी

बागलुङ– यस वर्ष बागलुङमा २६ करोड ९० लाखको सुन्तला उत्पादन

सिन्धुलीका किसानलाई आलु भित्र्याउन र लगाउन भ्याइनभ्याइ 

रामेछाप– सुनकोशी गाँउपालिका– ३ स्थित झाँगाझोली, बोहोरेटार र गणेश स्थान