प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई आज भेट्दै « Khabarhub

प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई आज भेट्दै


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज (शुक्रबार) भेटवार्ता हुँदैछ । हैदराबाद हाउसमा आधा घण्टाभन्दा बढी समय हुने भेटमा नेपाल–भारत सम्बन्धका समग्र आयामका विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओलीले सोही भेटमा भारतका नवनियुक्त प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिनेछन् ।

डेढ वर्षअघि दोस्रोपटक प्रधानमन्त्री भएपछि ओलीको यो दोस्रो भारत भ्रमण हो। यसअघि २०७४ चैतमा उनले भारतको औपचारिक भ्रमण गरेका थिए। उक्त भ्रमणले नेपाल–भारत सम्बन्धमा देखिएको अविश्वास र तिक्तता हटाउन सघाएको विश्वास गरिएको थियो। ओलीको भ्रमणलगत्तै मोदीले पनि नेपाल भ्रमण गरेका थिए।

प्रधानमन्त्री ओली बिहीबार साँझ भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी भए । प्रधानमन्त्री ओलीले शपथग्रहण समारोहपछि भारतीय राष्ट्रपति रामनाथ कोविन्द र बिमस्टेक राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखसँग संक्षिप्त भेट गरेका थिए । त्यसपछि उनी राष्ट्रपति कार्यालयमै आयोजित रात्रिभोजमा सहभागी भएका थिए ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ९ : २९ बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा