सुर्तीमा हुने ४५ किसिमका रसायनले क्यान्सरको जोखिम, धुम्रपान छोड्दा फाइदै–फाइदा « Khabarhub

सुर्तीमा हुने ४५ किसिमका रसायनले क्यान्सरको जोखिम, धुम्रपान छोड्दा फाइदै–फाइदा


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ । सुर्तीमा स्वास्थ्यलाई नराम्रो असर पार्ने ४ हजार किसिमका रासायनिक पदार्थहरु हुन्छन् भने ती मध्ये ४५ किसिमका रसायनहरुले क्यान्सरको विकास गर्न सहयोग पुर्‍याउँछ । सुर्तीमा पाइने निकोटिनले मानिसको फोक्सो,श्वासप्रश्वास नली, मुख, दिमाग र आँखामा प्रत्यक्ष असर पार्दछ ।

सुर्तीजन्य पदार्थको सेवनले मुटु तथा पेटमा पनि नकारात्मक असर पर्छ । धुम्रपानले मानिसको स्वास फेर्ने अङ्ग फोक्सोलाई असर पर्ने भएकाले धुम्रपान गर्ने व्यक्तिहरुमा दम,कोकी र क्यान्सरको रोग लाग्ने सम्भावना धेरै हुन्छ । सुर्तीजन्य पदार्थमा भएको निकोटिन र धुम्रपानबाट उत्पन्न हुने कार्बनमनोअक्साइडले मानिसको मस्तिष्क र रगतमा समेत असर पर्छ ।

धम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले मानिसको अकालमै मृत्यु हुनसक्छ । धुम्रपानका कारण विभिन्न २५ किसिमको रोग लाग्ने विश्व स्वस्थ्य संगठनको दावी छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर प्रतिवर्ष ५० लाख मानिसको मृत्युको कारण धुम्रपान हो । विश्वमा धुम्रपानका कारण एक मिनेटमा १० जनाो मृत्यु हुने गरेको छ । विभिन्न अध्ययनका अनुसार एक खिल्ली चुरोट सेवन गर्ने व्यक्तिको ७ मिनेट आयु घट्छ ।

धुम्रपानका सेवनले लाग्ने रोगहरु

– फोक्सो, पेट, फियो, मुत्रनली र पाठेघरको क्यान्सर हुने,

– दम, खोकी, ब्रोङ्काइटिस हुने,

– मुटुको रोग लाग्ने,

– मस्तिष्कमा रक्तश्राव हुने,

– गर्भको बच्चा कमजोर, रोगी र अङ्गभङ्ग हुने,

– काम गर्ने क्षमतामा कमी हुने,

– गर्भवती महिलाहरुको गर्भमा रहेको बच्चाको बृद्धिविकासमा असर पारी कम तौलको बच्चा जन्मने खतरा हुने,

– गर्भपतन हुने र अवधि पूरा नभई बच्चा जन्मने,

– गर्भमै बच्चको मृत्यु हुनसक्ने ।

 

गर्भको बच्चालाई सूर्तीजन्य पदार्थले हुने असर

– गर्भको बच्चालाई चाहिने अक्सिजनको मात्रा घटाउँछ,

– गर्भको बच्चाको हृदयको गति बडाउँछ,

– नाभीको माध्यमबाट बच्चामा रगत पुर्‍याउने कार्य कम गराउँछ,

– बच्चाको श्वासप्रश्वासमा कमी ल्याउँछ ।

धुम्रपान छोड्दाको फाइदा

किशोरावस्थामा प्रवेश गर्दैगर्दा युवा युवतीहरु धुम्रपान तथा सुर्तीजन्य पदार्थको कुलतमा फस्ने गर्छन् । त्यसैले किशोरावस्थामा नै सचेत र संयम हुन सकेमा कुलबाट बच्न सकिन्छ । साथीभाइको दबाव, ठूला मान्छेको देखासिकी र जिज्ञासा तथा कौतुहलताले युवा–युवतीलाई धुम्रपान तर्फ आकर्षित गरिरहेको हुन्छ । यदि तपाईं धुम्रपानको लतमा फसिसक्नु भएको छ र छोड्न चाहनुहुन्छ भने स्वास्थ्यकर्मीको परामर्शमा सजिलैसँग धुम्रपान छोड्न सकिन्छ ।

धुम्रपान छोड्दाको फाइदा यस्तो छ

– फोक्सो दम, खोकी, ब्रोङ्काइटिस, क्यान्सर, मुटुको रोग र टिबी रोग लाग्नबाट बच्न सकिन्छ,

– मुखको क्यान्सर लाग्नबाट बच्न सकिन्छ,

– गर्भ सुरक्षित हुन्छ, गर्भशित्रको शिशू स्वस्थ रहन्छ,

– दाँत, औँला पहेँलो हुँदैन,

– बालबालिकालाई निमोनिया कम हुन्छ,

– पैसाको बचत हुन्छ,

– आफूभन्दा साना छोराछोरीले धुम्रपान गर्न सिक्दैनन् ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ३ : ४७ बजे

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ