नेकपाको सचिवालय बैठक २० गतेलाई सर्‍यो, प्रचण्डको लाइनमा माधव, वामदेव ! « Khabarhub

नेकपाको सचिवालय बैठक २० गतेलाई सर्‍यो, प्रचण्डको लाइनमा माधव, वामदेव !


१७ जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भोलि (शनिबार)का लागि बोलाइएको बैठक २ दिन पछि सरेको छ । पोलिटव्युरो तथा विभागहरु गठन गर्ने योजनासहित शनिबारलाई बैठक बोलाइएको थियो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सहमतिमा बैठक सोमबारका लागि सारिएको हो ।

लामो समयदेखि गठन हुन नसकेको पोलिटव्युरो र विभाग गठनका विषयमा गम्भीर छलफल गर्नुपर्ने र त्यसका लागि समय नपुगेका कारण थप छलफलका लागि सचिवालय बैठक २ दिन पछिलाई सारिएको हो ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणका कारण अध्यक्षद्वयबीच वृहत छलफल भएको छैन । बिहीबार दुई अध्यक्षबीच भएको छलफलमा विभाग र पोलिटव्युरो गठनका विषय अझै छलफल गरेर निर्णय लिने सहमति गरेको नेकपा स्रोतले जनाएको छ ।

अध्यक्ष ओली भारत भ्रमणमा रहेको समयमा अर्का अध्यक्ष प्रचण्डले पार्टी एकताका बेलामा भएकाे सहमति अनुसार सरकारको नेतृत्व दिन वा पार्टीको नेतृत्व दिनुपर्ने धारणा एक अन्तर्वार्ता मार्फत सार्वजनिक गरेसँगै नेकपाभित्र विवाद बढेको आकलन गरिएको छ  ।

वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतले पार्टीमा एक व्यक्ति एक पद हुनुपर्ने बताउँदै आइरहेको बेलामा अध्यक्ष प्रचण्डले समेत एक जना अध्यक्षले सरकार र अर्कोले पार्टी चलाउनुपर्ने बताएसँगै नेकपाको राजनीति तरंगित बनेको छ ।
यस विषयमा आगमी सचिवालय बैठकमा समेत कुरा उठ्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार  १ : २० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको