नेकपाको सचिवालय बैठक २० गतेलाई सर्‍यो, प्रचण्डको लाइनमा माधव, वामदेव ! « Khabarhub

नेकपाको सचिवालय बैठक २० गतेलाई सर्‍यो, प्रचण्डको लाइनमा माधव, वामदेव !


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भोलि (शनिबार)का लागि बोलाइएको बैठक २ दिन पछि सरेको छ । पोलिटव्युरो तथा विभागहरु गठन गर्ने योजनासहित शनिबारलाई बैठक बोलाइएको थियो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सहमतिमा बैठक सोमबारका लागि सारिएको हो ।

लामो समयदेखि गठन हुन नसकेको पोलिटव्युरो र विभाग गठनका विषयमा गम्भीर छलफल गर्नुपर्ने र त्यसका लागि समय नपुगेका कारण थप छलफलका लागि सचिवालय बैठक २ दिन पछिलाई सारिएको हो ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणका कारण अध्यक्षद्वयबीच वृहत छलफल भएको छैन । बिहीबार दुई अध्यक्षबीच भएको छलफलमा विभाग र पोलिटव्युरो गठनका विषय अझै छलफल गरेर निर्णय लिने सहमति गरेको नेकपा स्रोतले जनाएको छ ।

अध्यक्ष ओली भारत भ्रमणमा रहेको समयमा अर्का अध्यक्ष प्रचण्डले पार्टी एकताका बेलामा भएकाे सहमति अनुसार सरकारको नेतृत्व दिन वा पार्टीको नेतृत्व दिनुपर्ने धारणा एक अन्तर्वार्ता मार्फत सार्वजनिक गरेसँगै नेकपाभित्र विवाद बढेको आकलन गरिएको छ  ।

वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतले पार्टीमा एक व्यक्ति एक पद हुनुपर्ने बताउँदै आइरहेको बेलामा अध्यक्ष प्रचण्डले समेत एक जना अध्यक्षले सरकार र अर्कोले पार्टी चलाउनुपर्ने बताएसँगै नेकपाको राजनीति तरंगित बनेको छ ।
यस विषयमा आगमी सचिवालय बैठकमा समेत कुरा उठ्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  १ : २० बजे

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका