प्रधानमन्त्री ओली र मोदीबीच दिल्लीमा भेटवार्ता « Khabarhub

प्रधानमन्त्री ओली र मोदीबीच दिल्लीमा भेटवार्ता


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

दिल्लीस्थित हैदरावाद हाउसमा भएको भेटवार्तामा दुई प्रधानमन्त्रीबीच आपसी हित, यसअघि भएका सम्झौताको कार्यान्वयनका विषयमा छलफल भएको भारतीय विदेश मन्त्रालयका प्रवक्त रवीस कुमारले जनाएका छन् ।

दोस्रोपटक भारतको प्रधानमन्त्री निर्वाचित भएका शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली बिहीबार दिल्ली प्रस्थान गरेका थिए ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले मोदीलाई दोस्रो पटक प्रधानमन्त्री चयन भएको अवसरमा बधाई दिए । साथै मोदीको दोस्रो प्रधानमन्त्री कालमा नेपाल र भारतबीचको सम्बन्ध थप प्रगाढ हुने ओलीले विश्वास व्यक्त गरे ।

भेटवार्ताका क्रममा ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका भारतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । जवाफमा मोदीले  उपयुक्त समयमा छिट्टै नेपाल भ्रमणमा आउने बताएका दूतावासका एक अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  १ : ४६ बजे

नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध

काठमाडौं – कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका

रुसी तेल पाइपलाइन खोल्न इयूको दबाब ‘ब्ल्याकमेल’ भएको जेलेन्स्कीको भनाइ

किएभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना युरोपेली सहयोगीहरूलाई रुसी

समानुपातिक सांसदका लागि यी हुन् कांग्रेसबाट सिफारिस २० जना

काठमाडौं- नेपाली कांग्रेसले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्यका लागि २० जना नेताहरूको

‘चुनावी सुनामीले कांग्रेसलाई बगायो, अन्तरघात मात्रै कारण होइन’

काठमाडौं- नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाले २०४८ यता जित्दै

यी हुन् समानुपातिकतर्फ रास्वपाबाट सिफारिस ५७ जना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको