प्रधानमन्त्री ओलीले दिए मोदीलाई रुद्राक्ष उपहार « Khabarhub

प्रधानमन्त्री ओलीले दिए मोदीलाई रुद्राक्ष उपहार


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

दिल्लीस्थित हैदरावाद हाउसमा भएको भेटवार्तामा दुई प्रधानमन्त्रीबीच आपसी हित, यसअघि भएका सम्झौताको कार्यान्वयनका विषयमा छलफल भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीस कुमारले जनाएका छन् ।

दोस्रोपटक भारतको प्रधानमन्त्री निर्वाचित भएपछि आयोजित शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली बिहीबार दिल्ली पुगेका थिए । विहीवार साँझ मोदीले शपथ लिएका छन् ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले मोदीलाई दोस्रो पटक प्रधानमन्त्री विजयी भएको अवसरमा बधाई दिए । साथै मोदीको दोस्रो प्रधानमन्त्री कालमा नेपाल र भारतबीचको सम्बन्ध थप प्रगाढ हुने ओलीले विश्वास व्यक्त गरे ।

त्यसक्रममा ओलीले मोदीलाई नेपालबाट लगेको उपहार पनि दिएका थिए । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई रुद्राक्ष उपहारमा दिएका थिए । रातो बट्टामा रद्राक्षका साथ पशुपति नाथको तस्वीरपनि राखिएको छ ।

भेटवार्ताका क्रममा ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका भारतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । जवाफमा मोदीले उपयुक्त समयमा छिट्टै नेपाल भ्रमणमा आउने बताएका दूतावासका एक अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  २ : ४६ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।