यी दुई हिरोमा क्याटरीना कैफको आँखा ! « Khabarhub

यी दुई हिरोमा क्याटरीना कैफको आँखा !


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेत्री क्याटरीना कैफले लामो समयदेखि बलिउडमा काम गरिसकेकी छिन् ।

बलिउडमा शाहरुख खान, आमिर खान, अक्षय कुमार, ऋतिक रोशनजस्ता स्टारसँग काम गरिसकेकी यी अभिनेत्रीको सधै चर्चा हुने गर्छ । जो स्टारसँग पनि क्याटरीनाको जोडी खुबै जम्यो । उनका धेरै फिल्म दर्शकले रुचाएका पनि छन् ।

क्याटरीनाले युवा हिरोका साथ पनि काम गर्न चाहेको बताएकी छिन् । क्याटरीनाले रणवीर कपूर र सिद्धार्थ मल्होत्रासँग काम गरिसकेकी छिन् । अब भने टाइगर श्राफ र रणवीर सिंहसँग पनि काम गर्न चाहेको उनले बताएकी छिन् ।

यो कुरा उनले नेहा धुपियाको एक कार्यक्रममा खुलाइन् । उनलाई प्रश्न थियो कि, क्याटरीना टाइगर या रणवीर कोसँग काम गर्न चाहन्छिन् । उनले भनिन्, ‘दुवैसँग जोडी जम्छ ।’

क्याटरीना टाइगरसँग एक्सन फिल्ममा काम गर्न चाहेकी छिन् । जुन फिल्ममा खतरनाक एक्सन होस् । दोस्रो उनी एउटा यस्तो फिल्ममा काम गर्न चाहन्छिन् । जसमा पागलपन पनि होस्, रमाइलो पनि होस् । फिल्मको कुरा गर्नुपर्दा अब उनी छिट्टै नै फिल्म ‘भारत’ मार्फत दर्शकमाझ आउँदैछिन् । यो फिल्म जुन ५ मा रिलिज हुँदैछ ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ३ : ११ बजे

घटनाको २० दिनपछि प्रहरीले सार्वजनिक गर्‍यो शंकास्पद व्यक्ति

तनहुँ – तनहुँमा एकैदिन भएको तीनजनाको हत्या प्रकरणमा संलग्न रहेको

थारु पहिचान संरक्षण गर्नुपर्छ : प्रदेश प्रमुख मियाँ

कैलाली – सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु भाषा, संस्कृति,

निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दाबी

तेहरान – इरानले बिहीबार आफ्नो सैन्य डिभिजनको लडाकु संरचनामा स्वदेशी

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड