यी दुई हिरोमा क्याटरीना कैफको आँखा ! « Khabarhub

यी दुई हिरोमा क्याटरीना कैफको आँखा !


१७ जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेत्री क्याटरीना कैफले लामो समयदेखि बलिउडमा काम गरिसकेकी छिन् ।

बलिउडमा शाहरुख खान, आमिर खान, अक्षय कुमार, ऋतिक रोशनजस्ता स्टारसँग काम गरिसकेकी यी अभिनेत्रीको सधै चर्चा हुने गर्छ । जो स्टारसँग पनि क्याटरीनाको जोडी खुबै जम्यो । उनका धेरै फिल्म दर्शकले रुचाएका पनि छन् ।

क्याटरीनाले युवा हिरोका साथ पनि काम गर्न चाहेको बताएकी छिन् । क्याटरीनाले रणवीर कपूर र सिद्धार्थ मल्होत्रासँग काम गरिसकेकी छिन् । अब भने टाइगर श्राफ र रणवीर सिंहसँग पनि काम गर्न चाहेको उनले बताएकी छिन् ।

यो कुरा उनले नेहा धुपियाको एक कार्यक्रममा खुलाइन् । उनलाई प्रश्न थियो कि, क्याटरीना टाइगर या रणवीर कोसँग काम गर्न चाहन्छिन् । उनले भनिन्, ‘दुवैसँग जोडी जम्छ ।’

क्याटरीना टाइगरसँग एक्सन फिल्ममा काम गर्न चाहेकी छिन् । जुन फिल्ममा खतरनाक एक्सन होस् । दोस्रो उनी एउटा यस्तो फिल्ममा काम गर्न चाहन्छिन् । जसमा पागलपन पनि होस्, रमाइलो पनि होस् । फिल्मको कुरा गर्नुपर्दा अब उनी छिट्टै नै फिल्म ‘भारत’ मार्फत दर्शकमाझ आउँदैछिन् । यो फिल्म जुन ५ मा रिलिज हुँदैछ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार  ३ : ११ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको