प्रचण्डको पक्षमा वामदेव, भन्छन्– सरकारमा आलोपालो गर्ने सहमति कार्यान्वयन नभए समस्या « Khabarhub

प्रचण्डको पक्षमा वामदेव, भन्छन्– सरकारमा आलोपालो गर्ने सहमति कार्यान्वयन नभए समस्या


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्यूठान– नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले सरकारको नेतृत्वमा आलोपालो गर्ने यसअघिको सहमति उल्लंघन भए पार्टी एकताको प्रक्रिया अवरुद्ध हुने चेतावनी दिएका छन् ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुँदा भएको सहमतिमा सरकारमा आलोपालो नेतृत्व गर्ने सहमति भएको पत्र विहीवार सार्वजनिक भएको थियो । त्यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका समयमा भएको सहमति कार्यान्वयन हुनेमा आफू ढुक्क भएको एक टेलिभिजन अन्तर्वार्तामा बताएपछि यो प्रकरण सतहमा आएको छ ।

प्रचण्डले सत्ता वा पार्टी सञ्चालनमा आफ्नो भूमिका स्पष्ट हुने बताएका छन् । यसलाई समर्थन गर्दै नेकपाका अर्का नेता गौतमले उक्त सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

प्रेस संगठन प्यूठानले शुक्रवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गौतमले पार्टी एकताको बाँकी काम पूरा गर्न र इमान्दारिता देखाउनका लागि पनि सहमति कार्यन्वयन गर्नुको विकल्प नभएको बताए ।

प्रचण्डको दाबेदारी

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन भारत गएको समयमा प्रचण्डको एक अन्तर्वार्ता सार्वजनिक भएको हो । पार्टी एकताका क्रममा भएको सहमति कार्यान्वयन गर्नुपर्ने र आफूले सहमति अनुसार अब प्रधानमन्त्री पाउनुपर्ने प्रचण्डको भनाइ थियो ।

समृद्धि, सुशासन लगायत जनताका अपेक्षा पूरा गर्न सरकार सफल भए सरकारको नेतृत्व पाँच वर्ष केपी ओलीले नै गर्न सक्ने तर त्यसका लागि पार्टीको नेतृत्व आफूले पाउनुपर्ने प्रचण्डको भनाइ थियो ।

‘सहमति अनुसार ओलीजीले पद छोड्न अफ्ट्यारो मान्न हुँदैन, म पनि लिन अफ्ट्यारो मान्दिन’ प्रचण्डले भनेका थिए ।

प्रचण्डले अन्तर्वार्तामा भनेका थिए,‘ पनि एउटा नेता भएको हैसियतले मेरो जिम्मेवारी पनि राम्रोसँग परिभाषित हुनुपर्छ । त्यसैले सरकार एउटा अध्यक्षले र पार्टीको नेतृत्व एउटा अध्यक्षले गर्‍ यो भने सन्तुलन मिल्छ । र, म फेरि प्रधानमन्त्री भइराख्नुपर्छ भन्ने छैन । मैले खेल्ने पार्टी अध्यक्षको रुपमा मैले खेल्ने भूमिका राम्रोसँग खेल्छु । यो विषयमा छलफल चलिरहेको छ । तर, एउटा कुरा के हो भने फेरि विभिन्न परिस्थितिले काम पनि गर्छ । हिजो हामीले एकता गर्दा जे सहमित गरेका छौं, हामी सबै त्यो प्रति सबै इमान्दार हुनुपर्छ । ’

प्रचण्डको अन्तर्वार्ता सार्वजनिक भएसँगै नेकपाका नेता कार्यकर्ता विभाजित भएका छन् । यसले पार्टीको तल्लो तहसम्म पूर्व माओवादी र पूर्व एमालेबीचको खाडललाई गहिरो बनाउँदै लगेको छ ।

उता नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतले पनि पार्टीमा एक व्यक्ति एक पदको पक्षमा वकालत गर्दै आएका छन् । त्यसैले प्रचण्डको पूर्वसहमति कार्यान्वयनको स्मरणलाई यी नेताले साथ दिने कतिपयको अनुमान रहेको छ ।

महाधिवेशनमा मलाई अध्यक्ष बनाउँदैमा ओलीजी पाँच वर्ष प्रधानमन्त्री भन्ने हुँदैन– प्रचण्ड (अन्तर्वार्ता)

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ४ : १९ बजे

ज्वाइँको खुकुरी प्रहारबाट ससुरा गम्भीर घाइते

संखुवासभा– जिल्लाको पाँचखपन नगरपालिका–८ आहालेमा धारिलो हतियार प्रहार हुँदा एक

शरीर बन्धक तथा ठगी गर्ने सातजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले शरीर बन्धक तथा ठगी गर्ने गिरोहलाई पक्राउ

१० न्यायाधीहरुको सरुवा र २० को पदस्थापना (सूचीसहित)

काठमाडौँ – न्याय परिषद्ले जिल्ला न्यायाधीशहरुको सरुवा निकालेको छ ।

जनगणनाका लागि ४४ सय कर्मचारी माग हुँदा १३ हजारले दिए दरखास्त

काठमाडौँ– राष्ट्रिय तथ्यांक कार्यालयले, राष्ट्रिय आर्थिक गणनाका लागि करारमा कर्मचारी

बदलिएको कांग्रेसले सत्ताका लागि जोसँग पनि गठबन्धन गर्दैन : सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस बदलिएको जनाउँदै अब