बजेटबारे कांग्रेसको धारणा– रंग भरेर ‘कपिपेस्ट’ « Khabarhub

बजेटबारे कांग्रेसको धारणा– रंग भरेर ‘कपिपेस्ट’


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले कामचलाउने खालको बजेट मात्र ल्याएको टिप्पणी गरेको छ ।

जेठ १५ मा सरकारले सार्वजनिक गरेको बजेटबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारलाई काम चलाउने प्रकृतिको बजेट ल्याउनुपर्ने बाध्यता नभएपनि त्यस्तो बजेट आएको टिप्पणी गरे । तीन तहको स्थीर सरकार बनेको अवस्थामा पनि जेठ १५ लाई गुजार्ने गरि काम चलाउ बजेट ल्याउनु पर्ने बाध्यता थिएन ।

‘नविन कार्यक्रम, दुरगामी लक्ष र जोखिम मोल्ने क्षमताको खोजी गरेको थियो तर भएन’ प्रवक्ता शर्माले भने,‘ आयाश्रोत र क्षमताको वृद्धि नगरी बजेटको आकारमात्र अनपेक्षित बढाउँदा कार्ययोजना, दृष्टिकोण, इच्छाशक्ति र संरचनाका सुधारका विषय बजेटमा आएन ।
कांग्रेसले नेकपाको सरकारले प्रदेश र स्थानीय तहलाई बजेट दिन कन्जुस्याई गरेको समेत आरोप लगाएको छ ।

‘बजेटको आकार बढेपनि प्रदेश र स्थानीय पर्याप्त बजेट पठाएको पाइएन’ शर्माले भने,‘संघीयता कार्यान्वयनमा सरकार गम्भीर देखिएन ।’
नेकपाको सरकारले चुनावको बेलामा बाँडेको सपनालाई पनि यतिबेला स्मरण गर्न आवश्यक भएको भन्दै शर्माले यो हिसावमा पाँच वर्षमा १० प्रतिशतमात्र पनि घोषणा अनुसारको लक्ष्य प्राप्त हुने सम्भावना नरहेको दाबी गरे ।

‘पहिलो वर्षको बजेटमै पाइला डगमगाएपछि दोस्रो पाइलामा देखिन्छ’ शर्माले भने,‘गत आर्थिक वर्षलाई पहिलो पाइला मान्ने हो भने पहिलो पाइलाले छोडेको अलमल, अलपत्र योजना र पूरानै सपनाको भारी बजेटलाई बोकाइएको छ र परिणामपनि कपि पेस्टको रुपमा नै आउने छैन भनेर भन्न सकिने अवस्था विद्यमान छैन ।’

बजेटलाई लोकप्रियता रोज्ने कि लोकहित खोज्ने भन्ने सन्दर्शमा भिन्न ढंगले क्षमता प्रस्तुत गर्नु पर्थयो भन्दै कांग्रेसले खर्च गर्न सक्ने क्षमताको अभिवृद्धि गर्न काम सरकारले गर्न नसकेको आरोप लगायो । आयाश्रोत र क्षमताको वृद्धि नगरी बजेटको आकारमात्र अनपेक्षित बढाउँदा कार्ययोजना दृष्टिकोण इच्छामशक्ति र संरचनाका सुधारका विषय बजेटमा नआएको कांग्रेसको टिप्पणी थियो ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ५ : २२ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर