प्रधानमन्त्री ओली स्वदेश फिर्ता « Khabarhub

प्रधानमन्त्री ओली स्वदेश फिर्ता


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी भई स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएर शुक्रबार अपरान्ह स्वदेश फर्किएका हुन् ।

बिहीबार मोदीको सपथग्रहण समारोहमा सहभागी हुन भारत प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, पूर्व सभामुख सुवाष नेम्वाङलगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरे । त्यस अवसर प्रधानमन्त्री ओलीलाई नेपाली सेनाले सलामी समेत अर्पण गरेको थियो ।

प्रधानमन्त्री ओलीले स्वदेश फर्कनु अघि शुक्रबार विहान हैदराबाद हाउसमा भारतीय समकक्षी मोदीसँग भेटवार्ता पनि गरेका थिए । मोदीको सपथग्रहण समारोहमा प्रधानमन्त्री ओलीसहित विमस्टेक सदस्य राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ७ : १७ बजे

नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध

काठमाडौं – कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका

रुसी तेल पाइपलाइन खोल्न इयूको दबाब ‘ब्ल्याकमेल’ भएको जेलेन्स्कीको भनाइ

किएभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना युरोपेली सहयोगीहरूलाई रुसी

समानुपातिक सांसदका लागि यी हुन् कांग्रेसबाट सिफारिस २० जना

काठमाडौं- नेपाली कांग्रेसले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्यका लागि २० जना नेताहरूको

‘चुनावी सुनामीले कांग्रेसलाई बगायो, अन्तरघात मात्रै कारण होइन’

काठमाडौं- नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाले २०४८ यता जित्दै

यी हुन् समानुपातिकतर्फ रास्वपाबाट सिफारिस ५७ जना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको