गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द « Khabarhub

गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द


१७ जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– अत्यधिक गर्मी बढेपछि वेदकोट नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा एक साताका लागि बिदा दिने निर्णय गरेको छ ।

बढ्दो गर्मीका कारण विद्यार्थीलाई विद्यालय आउन जान समस्या भएसँगै नगरपालिकाले बिदा दिने निर्णय गरेको हो । नगरप्रमुख अशोककुमार चन्दले गर्मीकै कारण विद्यार्थी बिरामी पर्ने र बेहोस हुन थालेको जानकारी आएपछि जेठ १७ गते देखि २४ गतेसम्मका लागि बिदा दिने निर्णय गरेको जानकारी दिए ।

विद्यालयको वार्षिकरुपमा उपलव्ध हुने बिदाबाट मिलान गर्ने गरी बिदा दिइएको उनले बताए । यसैगरी, भीमदत्त नगरपालिकाको शिक्षा समितिको शुक्रबार बसेको बैठकले समेत यही जेठ १९ देखि २४ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार  ७ : ४० बजे

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल कात्तिक १३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १३ गते शुक्रबार सन् २०२६

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली