ऐतिहासिक ताल–तलैया र ढुंगेधाराको संरक्षणमा जुटौंः मन्त्री मगर « Khabarhub

ऐतिहासिक ताल–तलैया र ढुंगेधाराको संरक्षणमा जुटौंः मन्त्री मगर


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यकाभित्र रहेका ताल तलैया, पोखरी र ढुंगेधाराको संरक्षण, सम्बर्द्धन र सौर्न्दयीकरण आफ्नो प्राथमिकतामा रहेको बताएकी छिन् ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड)द्वारा प्रकाशित भएको काठमाडौं उपत्यका भित्रका पुराना ढुङ्गे धारा तथा पोखरीहरुको लगत–नक्साङकन सम्बन्धी पुस्तकको बिमोचन गर्दै मन्त्री मगरले ऐतिहासिक सम्पदाको रुपमा रहेका काठमाडौं उपत्यकाका पोखरी र ढुंगेधाराको संरक्षण र सम्बर्द्धन आफ्नो प्राथमिकतामा रहेको बताएकी हुन् ।

कार्यक्रममा उनले आधुनिकताले हाम्रो प्राचीन सभ्यता झल्काउने कलात्मक ढुंगेधारा र पोखरीहरु मासिदै गैरहेको बताइन् । अव्यवस्थित शहरीकरणका कारण हाम्रा ऐतिहासिक महत्वका कला, संस्कृति लोप भएको बताइन् । बाँकी रहेका यस्ता सम्पदाहरुको उपन उचित संरक्षण हुन नसके मासिएर जानेतर्फ इंगित गर्दै मन्त्री मगरले सम्पदाहरुको संरक्षणमा सवैले आ–आफ्नो क्षेत्रबाट ध्यानदिनुपर्ने बताइन् ।

ढुंगेधारा र पोखरीको संरक्षण र सौन्दर्यीकरण गरेर पर्यटकहरुलाई समेत आकर्षित गर्न सकिने मन्त्री मगरको भनाइ थियो। काठमाडौं उपत्यका भित्र रहेका ढुंगेधारा र पोखरीहरुको बारेमा लगत तथ्यांक संकलन गरि पहिलोपटक पुस्तक तयार भएको हो ।

काठमाडौं उपत्यका भित्रका १० वटा नगरपालिका क्षेत्र भित्र रहेका ढुंगेधारा तथा पोखरीहरुको स्थलगत रूपमा अध्ययन तथा अनुसन्धान गरी पुस्तक तयार गरिएको छ । जसमा उपत्यका भित्र रहेका २ सय ३३ पोखरीहरु मध्ये स्थलगत रूपमा भेटिएका पोखरीको संख्या १ सय ९३ रहेको पुस्तकमा उल्लेख छ । त्यस्तै ४० वटा पोखरीहरु लोप भएका छन् ।

यसैगरी उपत्यका भित्र अध्ययनका क्रममा ५ सय ७३ ढुंगेधाराहरु संकलित गरिएकोमा स्थलगत रूपमा भेटिएका ढुंगेधाराहरुको संख्या ४ सय ७९ वटा, मासिएको ढुंगेधाराको संख्या ५२ वटा र पत्ता नलागेको ढुंगेधाराको संख्या ४२ वटा रहेका छन् । १० वटा नगरपालिका क्षेत्र भित्र रहेका ४ सय ७९ ढुंगेधारा मध्ये अध्ययनको क्रममा १ सय ७१ वटा ढुंगेधारामा मात्र पानी बगेको पाइएको अध्ययनले देखाएको छ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ७ : ५९ बजे

नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध

काठमाडौं – कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका

रुसी तेल पाइपलाइन खोल्न इयूको दबाब ‘ब्ल्याकमेल’ भएको जेलेन्स्कीको भनाइ

किएभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना युरोपेली सहयोगीहरूलाई रुसी

समानुपातिक सांसदका लागि यी हुन् कांग्रेसबाट सिफारिस २० जना

काठमाडौं- नेपाली कांग्रेसले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्यका लागि २० जना नेताहरूको

‘चुनावी सुनामीले कांग्रेसलाई बगायो, अन्तरघात मात्रै कारण होइन’

काठमाडौं- नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाले २०४८ यता जित्दै

यी हुन् समानुपातिकतर्फ रास्वपाबाट सिफारिस ५७ जना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको