अमेरिकी नेतृत्वको आइएस लक्षित हवाई आक्रमणमा १३ सय मारिए « Khabarhub

अमेरिकी नेतृत्वको आइएस लक्षित हवाई आक्रमणमा १३ सय मारिए


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकी नेतृत्वको गठबन्धन सेनाले सिरिया र इराकमा इस्लामिक स्टेट (आइएस) लडाकूहरुलाई लक्षित गरेको हवाई आक्रमणका क्रममा हालसम्म १३ सय आमनागरिक मारिएका छन् ।

गठबन्धनले शुक्रबार दिएको जानकारी अनुसार गत सन् २०१४ देखि अहिलेसम्म इराक र सिरियामा आइएस लडाकूविरुद्ध भएको लडाईका क्रममा उनीहरु मारिएका हुन् । “सन् २०१४ को अगस्टदेखि सन् २०१९ को अप्रिलसम्म गठबन्धनले ३४ हजार ५०२ ओटा आक्रमण गरेको छ,” गठबन्धनद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

त्यस अवधिमा भूलबस एक हजार ३०२ जना आम नागरिक गठबन्धनको तर्फबाट मारिएको गठबन्धनले स्पष्ट पारेको छ । तर एउटा गैरसरकारी संस्थाले भने आफ्नो अनुगमनले अमेरिकी गठबन्धन सेनाद्वारा मारिनेको सङ्ख्या त्यो भन्दा धेरै भएको दावी गरेको छ । गठबन्धनको हवाई आक्रमणमा परी संसार भरी गरेर ७ हजार ९०० भन्दा बढी आम नागरिक मारिएको सो संस्थाले जनाएको छ ।

बेलायतमा कार्यालय रहेको सिरियन अब्जरभेटरी फर ह्युमन राईटस्ले आफ्नो अनुगमनबाट सिरियामा मात्रै तीन हजार ८०० आम नागरिक गठबन्धनको आक्रमणमा परी मृत्यु भएको दावी गरेको छ ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ९ : ४२ बजे

‘कमेडी दरबार’: हिमेश-उत्सव निक्लिए, सन्तोष-जिम्बा थपिए

काठमाडौं – बिक्की अग्रवालको ‘कमेडी दरबार’ तेस्रो सिजनमा आइपुग्दा जज

सडक क्षेत्रका अवैध संरचना हटाइँदै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज– नेपालगञ्जको मुख्य सडक क्षेत्रमा फुटपाथ निर्माण गर्न अवैध रूपमा निर्माण

वर्षाले गहुँबाली भिजाउँदा किसान चिन्तित

कञ्चनपुर– आज दिउँसोदेखि परेको वर्षाले कञ्चनपुरका किसान प्रभावित भएका छन्

शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह

एजेन्सी– लेबनानमा गत हप्ता तीन इन्डोनेसियाली शान्ति सैनिकको मृत्युको सम्भावित कारण