विप्लवले आह्वान गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा शुन्य « Khabarhub

विप्लवले आह्वान गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा शुन्य


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव राजधानी काठमाडौंमा देखिएको छैन ।

बिहानैदेखि निर्वाध रुपमा सवारीका साधन सञ्चालनमा आएका छन् । बन्दको हल्लाले लामो दूरीका सवारी भने सञ्चालन गर्न कठिनाई भएको यातायात व्यवसायीले बताएका छन् ।

काठमाडौं उपत्यकामा भने यातायात क्षेत्रमा बन्दको कुनै प्रभाव परेको छैन् ।

निजी विद्यालयहरुले भने अघोषित रुपमा विद्यालय बन्द गरेका छन् । आज बन्द आह्वान गरिएकाले नानीहरुलाई विद्यालयमा नपठाउन विद्यालय प्रशासनले आग्रह गरेको छ ।

सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहले बन्द आह्वान गरेको भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ । राजधानीका चोकचोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आम जनताको सम्पूर्ण सुरक्षा सरकारले लिने भन्दै बन्दको हल्लाका पछि नलाग्न गृहप्रशासनले आग्रह गरेको छ।

विप्लव समूहले उपत्यका इन्चार्ज माइला लामाको गिरफ्तारीको विरोधमा बन्द आह्वान गरेको हो ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ६ : ५७ बजे

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण