विप्लवले आह्वान गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा शुन्य « Khabarhub

विप्लवले आह्वान गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा शुन्य


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव राजधानी काठमाडौंमा देखिएको छैन ।

बिहानैदेखि निर्वाध रुपमा सवारीका साधन सञ्चालनमा आएका छन् । बन्दको हल्लाले लामो दूरीका सवारी भने सञ्चालन गर्न कठिनाई भएको यातायात व्यवसायीले बताएका छन् ।

काठमाडौं उपत्यकामा भने यातायात क्षेत्रमा बन्दको कुनै प्रभाव परेको छैन् ।

निजी विद्यालयहरुले भने अघोषित रुपमा विद्यालय बन्द गरेका छन् । आज बन्द आह्वान गरिएकाले नानीहरुलाई विद्यालयमा नपठाउन विद्यालय प्रशासनले आग्रह गरेको छ ।

सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहले बन्द आह्वान गरेको भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ । राजधानीका चोकचोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आम जनताको सम्पूर्ण सुरक्षा सरकारले लिने भन्दै बन्दको हल्लाका पछि नलाग्न गृहप्रशासनले आग्रह गरेको छ।

विप्लव समूहले उपत्यका इन्चार्ज माइला लामाको गिरफ्तारीको विरोधमा बन्द आह्वान गरेको हो ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ६ : ५७ बजे

लज्जास्पद हार भोगेको एमालेलाई प्रधानमन्त्रीको ढाडस : एकपल्ट हार्दैमा विचलित नहुनूस्

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की ले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

गण्डकी– गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख

गृहमन्त्री अर्यालसमक्ष यातायातसम्बन्धी आयोगको प्रतिवेदन पेस

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको आदेश तथा

मिसाइल खस्दा पनि काम गर्न बाध्य छन् खाडीका विदेशी कामदार

काठमाडौं- लामो समयदेखि रोजगारीको प्रमुख गन्तव्य मानिँदै आएका खाडी मुलुकहरू