‘मार्सा लिजेन्ड अवार्ड’ उचाल्दै रोनाल्डोले दिए यस्तो भावूक मन्तव्य « Khabarhub

‘मार्सा लिजेन्ड अवार्ड’ उचाल्दै रोनाल्डोले दिए यस्तो भावूक मन्तव्य


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पोर्चुगिज फरवार्ड क्रिस्टियानो इटालियन क्लब युभेन्टसलाई जसरी पनि च्याम्पियन्स लिगको उपाधि जिताउने ध्याउन्नमा छन् । हालै स्पेनमा ‘मार्सा लिजेन्ड अवार्ड’ ग्रहणपछि रोनाल्डोले केही भनाइ राखेका थिए । जसले उनका फ्यानहरुलाई निकै भावूक बनायो ।

एक वर्षअघि रियल छाडेर युभेन्टस पुगेका उनी स्पेन पुग्दा सबैको केन्द्रमा थिए । उनले अवार्ड ग्रहण गर्ने कार्यक्रममा रोनाल्डो, उनको परिवार, उनका एजेन्टका साथै पूर्वक्लब रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसमेत सहभागी थिए ।

अवार्ड थापेछि रोनाल्डोले आफ्नो मन्तव्य राख्दै रियलमा छँदाका कुरा सम्झिए । उनले रियललाई आफूले सबैभन्दा बढी माया गर्ने पनि बताए । उनले यस्तो भावूक मन्तव्य राखेका थिए –
‘म म्यानचेस्टर युनाइटेड र रियल मड्रिड दुवैलाई माया गर्छु । तर, मेरो जीवनको उत्तारचढाव धेरै मड्रिडमा बिताएँ । मेरा छोराछोरी यही जन्मिए । यसकारण मड्रिड मेरो जीवनमा नजिकबाट जोडिएको छ ।

मैले पहिलेबाटै भन्दै आएको छु– रियल मड्रिड छाड्दा म निकै दुःखी थिएँ । म यहाँका कुरा र साथीभाइलाई ज्यादै धेरै याद गर्छु ।

यो अवार्डले मेरो संग्रहालमा निकै सम्मानजक ठाउँ पाउनेछ । किनभने, मड्रिड मेरा लागि विशेष छ । मैले धेरै सहर भ्रमण गरेको छु । तर, मड्रिड मन पर्ने सीमित सहरमा पर्छ ।

आज मैले पाएको अवार्डले मैले विगतमा यहाँ रहँदा के गरें भन्ने कुरा बोल्छ । यो स्पेनिस अवार्ड हो । र, मेरा लागि ज्यादै महत्त्वपूर्ण छ । सबैलाई धन्यवाद, जसले यो अवार्ड हाँसिल गर्न आ–अफ्नो ठाउँबाट सहयोग गर्नुभयो । मेरा लागि यो गर्वको कुरा हो । चाँडै मड्रिड फर्किनेमा म आशावादी छु ।

सन् २०१६ को युरो कप जित्नु मेरा लागि ज्यादै विशेष थियो । यो सामान्य प्रतियोगिता र उपाधि थिएन । यदि तपाईं आफ्नो देशका लागि केही जित्न चाहन्छौं भने त्यो सजिलो छैन । म गर्वसाथ भन्छु– यो मेरो करिअरकै सबैभन्दा शानदार सफलता हो ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ७ : ३० बजे

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपाका महिला सांसदको नाममा आएको विज्ञप्ति ‘फेक’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बाँस्कोटाले रास्वपाका महिला सांसदहरूको नाममा सार्वजनिक

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक