६ वर्षको उमेरमै यी बालिकाले कमाइन् ५५ करोड ! « Khabarhub

६ वर्षको उमेरमै यी बालिकाले कमाइन् ५५ करोड !


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ६ वर्षको बच्चाले करोडौं रुपैयाँ कमाएर आमाबाबुलाई ५ वटा आलिसान महलको मालिक बनायो भन्ने कुराले धेरैलाई अचम्मित बनाउन सक्छ ।

तर, यो कुरा साबित भएको छ । ६ वर्षको उमेरमा नै एक बच्चाले ५५ करोड रुपैयाँ कमाएर बाबुआमाको नाममा ५ वटा महलहरु खरिद गरिएको समाचार अहिले सनसनीपूर्ण बनेको छ ।

६ वर्षकी ती बच्चीको नाम हो बोरम । उनी दक्षिण कोरियामा रहन्छिन् । बोरमको दुईवटा युट्यूब च्यानल रहेका छन् । जसको माध्यमबाट उनले ६ वर्षको उमेरमा नै ५५ करोड रुपैयाँ कमाउन सफल भएकी हुन्।

ती बच्चीलाई दक्षिण कोरीयाकी यूट्यूब स्टारको रुपमा समेत चिन्न थालिएको छ । यूट्यूबमा बोरमको पहिलो टोय रिव्यू र दोस्रो भिडियो ब्लग च्यानल मध्ये टोय रिभ्युमा उनको सब्सक्राइबर १३.६ मिलियन र भिडियो ब्लगको सब्सक्राइबर १७.६ मिलियन रहेको छ ।

सीएनएनको रिपोर्ट अनुसार बोरमले आफ्नो यूट्यूब च्यानलको माध्यमबाट ५५ करोड ८ लाख ८० हजार रुपैयाँ कमाएकी छिन् । हाल बोरमले दक्षिणी कोरियाको राजधानी सियोलमा पाँच महल खरिद गरेकी छिन् ।

युटुबबाट कमाएको सबै सम्पत्ति घर खरीदमा नै सकिएको छ । सियोलको शहरको मुख्य बजारको इलाकामा २५८.३ वर्ग मीटरमा बनेको महललाई गत अप्रिलमा खरिद गरिएको थियो ।

द कोरिया हेराल्डका अनुसार यो महल बोरमको परिवारका लागि खरिद गरिएको थियो । बोरमको यूट्यूब च्यानलको सञ्चालन उनको परिवारले गर्ने गरेका छन् । बोरमको सबैभन्दा चर्चित भिडियोलाई ३७६ मिलियन भन्दा धेरैले हेरेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ८ : ०९ बजे

जलमग्न त्रिवि मैदानबाट मोटर लगाएर पानी निकालिँदै

काठमाडौँ – निरन्तरको वर्षाका कारण त्रिवि क्रिकेट मैदान जलमग्न भएपछि

नेपाल भ्रमणमा रहेको चिनियाँ सांस्कृतिक टोली सम्मानित

काठमाडौँ- नेपाल भ्रमणमा रहेको चिनियाँ साहित्यिक एवं सांस्कृतिक प्रतिनिधिमण्डलका सदस्य

जय नेपाल पार्टीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ– जय नेपाल पार्टीले यही कात्तिक १६ गतेका लागि तय

मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह (तस्बिरहरू) 

काठमाडौँ  – लगातारको वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा नदीमा पानीको

वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल स्थगित

काठमाडौँ– लगातारको वर्षाका कारण तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)