हिलोका कारण आउन सक्छ यस्ता समस्या, कसरी बच्ने ? « Khabarhub

हिलोका कारण आउन सक्छ यस्ता समस्या, कसरी बच्ने ?


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–हिलोले हात खुट्टा चिलाउने र पाक्ने समस्या सहरी क्षेत्रमा भन्दा बढी ग्रामीण क्षेत्रमा दखिन्छ ।

वर्खायाममा खेतवारीको काममा व्यस्त हुने र हिलोमा धेरै समय काम गर्नुपर्ने हुनाले हिलोका कारण छालामा विभिन्न समस्याहरु देखा पर्न सक्छन् ।  त्यस्तै सहरी क्षेत्रमा पनि हिलो सडकका कारण मानिसहरु प्रभावित हुने गरेका छन् ।

निरन्तर काम गरिरहँदा धेरैको हत्केला र पैँताला हिलो र पानीमा भइरहँदा औँलाका काप चिरिने गरी असर देखिन्छ ।

यसका उपचारका लागि हामी घरेलु औषधीको प्रयोग गर्ने गर्छौ । हिलोले खाएको रोग के हो र यसको रोकथामका लागि के गर्नुपर्छ भन्ने कुरा धेरैलाइ थाहा नहुन सक्छ ।

हिलोले खाने समस्या

हिलाले खाने भनरे चिनिने यो समस्या खासगरी ‘क्यान्डिडा’ नामको एक प्रकारको ढुसीका कारण हुन्छ । हिलोले खाँदा हात खुट्टाको औँलाको बिचमा चिलाउने, रातो हुने गर्दछ ।

यसलाई तुरुन्त उपचार गर्न नसकेको खण्डमा यो पाकेर ठूलै समस्याको रुप पनि लिने गर्दछ । प्रायजसो लामो समयसम्म पानी चलाउनुपर्ने कामहरु, किसानका हात खुट्टा हिलोले खाने गर्दछ ।

रोकथामका लागि

सकेसम्म हिलोमा काम नगर्ने ।
पानीको प्रयोगलाइ घटाएर कम गर्नुको साथै हात खुट्टा सुख्खा राख्न सक्नुपर्छ ।

अत्याधिक पानीको प्रयोग गर्नु परेमा हातमा पञ्जा लगाउँदा उपयुक्त हुन्छ ।

खेतवारीको काम गर्दा खुट्टामा जुत्ता (छालका बुट) लगाउनु उपयुक्त हुने र पानी परिसकेको खण्डमा सफा कपडाले खुट्टालाइ सफा बनाउनुपर्छ ।

साथै हिलोमा पसेर काम गर्नुपर्ने अवस्था आएमा हात, खुट्टा र औँलाको कापमा भ्यासेलिन, तेल वा अन्य कुनै मोइस्चराइजर दल्नु राम्रो हुन्छ ।
कामले जतिसुकै थाके पनि हातखुट्टा धोएर सुक्खा बनाइ क्रिम वा जेल लगाएमा पनि हिलोले खाने रोगबाट बच्न सकिन्छ ।

हिलोमा यात्रा गर्दा विशेष सावधानी अपनाउने ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  १२ : २८ बजे

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल