यी हुन् दाँत दुखाइ कम गर्ने घरेलु उपाय « Khabarhub

यी हुन् दाँत दुखाइ कम गर्ने घरेलु उपाय


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

खानालाई चपाउन दाँतको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । दाँतले व्यक्तित्वलाई समेत झल्काउँछ । सफा र टम्म मिलेका दाँतले व्यक्तिलाई आकर्षक बनाउँछ । त्यसका लागि दाँतको उपयुक्त हेरचाह गर्न आवश्यक हुन्छ । नियमित दात माझ्ने र खाना खाएपछि सफा गर्ने वा कुला गर्नाले दाँतको रक्षा गर्न सकिन्छ ।

यस्तो नगरेको खण्डमा दाँतमा समस्या देखा पर्छ । हामीले खाएको खानेकुरा दाँतमा अड्किँदा त्यसलाई किराले खाने हुन जान्छ । दाँत किराले खाँदा निकै पीडा हुन्छ । त्यो धेरै जसो मानिसहरूले भोगेका हुन्छन् । यस्तो पीडालाई कम गर्नका लागि केही घरेलु उपायहरु पनि रहेका छन् । जसको प्रयोगले दुखाइको पीडालाई कम गर्न सकिन्छ ।

दाँत दुखाई समाधानको घरेलु उपचार

– लसुनको एक पोटी थोरै बिरे नुनसँग पिसेर (पिँधेर) दुखेको दाँतमा राम्रो संग थिचेर राख्यो भने दाँतको दुखाई हराउँछ ।

– दिनहुँ एक केस्रा लसुन खाने राम्ररी चपाएर खाने गर्नाले दाँतको दुखाई बाट छुटकारा मिल्छ।

– यदि दाँत किराले खाएको छ र दुखेको छ भने किराले खाएर दुखेको भागमा अलिकति हिङ राख्दा दाँतको दुखाई धेरै हद सम्म कम हुन्छ
– खैनी धेरै खायो भने मुखमा घाउ हुने र ओठ कालो हुने जस्ता समस्याहरू देखा पर्छ तर अलिकति खैनीसंग नुन राखेर पिसेर दिनहुँ दाँत ब्रस     गर्नाले दाँतको दुखाईबाट मुक्ति मिल्छ।

– दाँत दुख्दा तातो पानीको थैलीले सेक्दा पनि निक्कै राहत मिल्छ।

– प्याजलाई कुटेर किराले खाएको दाँतमा राख्यो भने पनि दुखाई कम हुन्छ।

– ल्वाङ को तेल कपासमा भिजाउनु होस् र किरा लागेको दाँतमा राख्नुहोस् यसो गर्नाले दुखाइ कम हुन्छ ।

– दाँत दुख्ने व्यक्तिहरुले दिनमा ३–४ पटक ल्वाङ मुखमा राखेर चुस्दा फाइदा हुन्छ।

– पुदिनाको पातलाई पिँधेर किरा लागेको दाँतमा राख्नाले दुखाइ धेरै कम हुन्छ।

– हिङ र कागती मिलाई पेस्ट बनाइ दाँत ब्रस गर्नाले पनि धेरै फाइदा हुन्छ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  १२ : ४९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको