रियल छोडेर एट्लेटिको जालान् रोड्रिगेज ? « Khabarhub

रियल छोडेर एट्लेटिको जालान् रोड्रिगेज ?


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्ला केही महिनामा ह्यामेस रोड्रिग्वेज रियल मड्रिडबाट बाहिरिने सम्भावना बढेको समाचारहरु सार्वजनिक भएको छ ।

यही सिजनमात्र रियल मड्रिड भित्रिएका रोड्रिग्वेज नयाँ सिजनका लागि रियलको प्रशिक्षणमा छन् तर उनको भविष्य रियलमा रहने नरहनेमा शंका उव्जिएको छ ।

कोलम्बियन खेलाडी सोमबार २ बर्षपछि भाल्डेबेबासमा अभ्यासमा फर्किएका छन् । जर्मन क्लब बार्यन म्युनिखसँग लोनमा आवद्ध भएपछि रोड्रिग्वेज रियलबाट टाढिएका थिए । यतिबेला रोड्रिग्वेज बर्नबेयुमा रोकिने वा शहरकै अर्को क्लब एट्लेटिको मड्रिड जालान् भन्नेले बजार तताएको छ ।

खेल पत्रिका मार्का लेख्छ,‘ह्यामेजलाई अहिले पनि थाहा छ कि उनी जिदानको पहिलो रोजाइमा पर्दैनन् , त्यसैले उनी रेगुलर खेल्न एट्लेटिको जाने सम्भावना बलियो छ । यद्यपी, मार्को एसेन्सोलाई चोट लागिसकेपछि भने रियलमा मिडफिल्डरको भूमिका बढ्न सक्छ । एसेन्सोको स्थानमा मैदान उत्रिन ह्यामेज सक्षम रहेका कारण पनि उनलाई रियलले बाहिर पठाउने मनसाय राखेको छैन । ह्यमेजलाई कुनै क्लबलाई दिइ हाल्ने मनसायमा नरहेपनि बजारमा चलेको मुल्यभन्दा धेरै माग्नने योजनामा रियल रहेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  १ : २९ बजे

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको