रियल छोडेर एट्लेटिको जालान् रोड्रिगेज ? « Khabarhub

रियल छोडेर एट्लेटिको जालान् रोड्रिगेज ?


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्ला केही महिनामा ह्यामेस रोड्रिग्वेज रियल मड्रिडबाट बाहिरिने सम्भावना बढेको समाचारहरु सार्वजनिक भएको छ ।

यही सिजनमात्र रियल मड्रिड भित्रिएका रोड्रिग्वेज नयाँ सिजनका लागि रियलको प्रशिक्षणमा छन् तर उनको भविष्य रियलमा रहने नरहनेमा शंका उव्जिएको छ ।

कोलम्बियन खेलाडी सोमबार २ बर्षपछि भाल्डेबेबासमा अभ्यासमा फर्किएका छन् । जर्मन क्लब बार्यन म्युनिखसँग लोनमा आवद्ध भएपछि रोड्रिग्वेज रियलबाट टाढिएका थिए । यतिबेला रोड्रिग्वेज बर्नबेयुमा रोकिने वा शहरकै अर्को क्लब एट्लेटिको मड्रिड जालान् भन्नेले बजार तताएको छ ।

खेल पत्रिका मार्का लेख्छ,‘ह्यामेजलाई अहिले पनि थाहा छ कि उनी जिदानको पहिलो रोजाइमा पर्दैनन् , त्यसैले उनी रेगुलर खेल्न एट्लेटिको जाने सम्भावना बलियो छ । यद्यपी, मार्को एसेन्सोलाई चोट लागिसकेपछि भने रियलमा मिडफिल्डरको भूमिका बढ्न सक्छ । एसेन्सोको स्थानमा मैदान उत्रिन ह्यामेज सक्षम रहेका कारण पनि उनलाई रियलले बाहिर पठाउने मनसाय राखेको छैन । ह्यमेजलाई कुनै क्लबलाई दिइ हाल्ने मनसायमा नरहेपनि बजारमा चलेको मुल्यभन्दा धेरै माग्नने योजनामा रियल रहेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  १ : २९ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही