आस्था बनिन् ‘मिसेस नेपाल आइकन २०१९’ « Khabarhub

आस्था बनिन् ‘मिसेस नेपाल आइकन २०१९’


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  ललितपुरकी आस्था राणा मास्केले ‘मिसेस नेपाल आइकन २०१९’ को उपाधि हात पारेकी छिन् । राजधानीको जमलस्थित नाचघरमा सम्पन्न  प्रतियोगितामा उनी ‘मिसेस नेपाल आइकन’ घोषित भइन् ।

निर्णायकले उनलाई ‘एउटा परिवारलाई सन्तुलनमा राख्न महिलाको कस्ता भुमिका हुन्छ ? भन्दै प्रश्न सोधेका थिए । आस्थाले यो प्रश्नको चित्तबुझ्दो उत्तर दिएकी थिइन् ।

यस्तै मिसेस नेपाल आइकनका प्रतियोगितामा मोष्ट फोटोजेनीक, मोष्ट पपुलर, मन्दीरा अधिकारी फष्ट रनर अप, मोष्ट ट्यालेन्ट, अस्मिता गौतम सेकेन्ड रनर अप, मिसेस ब्युटिफुल, सम्झना सिलवाल मल्टीमेडिया च्वाइस तथा मिसेस कन्जुल्यारीटी, भावना थपलिया मोष्ट डिसिप्लेन तथा भ्वअर च्वाईस, लक्ष्मी क्षेत्री बेष्ट पर्सनालिटी तथा मोष्ट इस्टाइलिस, देवकी भट्ट मोष्ट इन्टल्कच्वल, सुस्मीता घिमिरे मोष्ट पोजिटिभ एटुच्यटको उपाधि हात पारे ।

प्रतियोगितामा अभिनेत्री सञ्चिता लुइँटेलको पनि उपस्थिति थियो । यस्तै प्रतियोगितामा गृहणी, व्यवसायी, शिक्षिका तथा जागिरे महिलाहरुले भाग लिएका थिए । उत्कृष्ट ८ मा पुग्न सफल प्रतियोगीबाट विजेता घोषणा गरिएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  २ : ३८ बजे

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह