साइप्रस पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने पुनम ७ वर्षपछि पक्राउ « Khabarhub

साइप्रस पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने पुनम ७ वर्षपछि पक्राउ


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका लागि साइप्रस पठाइदिने भन्दै १० लाख ५० हजार ठगी गर्ने पुनम नेपाली पक्राउ परेकी छन् ।

नेपालीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले काठमाडौंको सितापाइलाबाट पक्राउ गरेको हो ।

पुनमले वैदेशिक रोजगारीका लागि साइप्रस पठाइदिने भन्दै शान्त कुमार तामाङसँग १० लाख ५० हजार रुपैयाँ लिएकी थिइन् ।

पछि तामाङले आफू ठगिएको भन्दै वैदेशिक रोजगारी विभागमा नेपालविरुद्ध मुद्दा दर्ता गरेका थिए । वैदेशि रोजगार न्यायाधीकरणको कार्यालयले पुनमबाट १५ लाख ७५ हजार रुपैया हर्जाना भराउने तथा १ लाख ५० हजार रुपैयाँ जरिवाना र १ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
वैदेशिक रोजगार न्यायाधीकरणको कार्यालयले ३१ असार २०६९ मा फैसला सुनाएको भएपनि पुनम भने फरार थिइन् ।

सिआईबीको टोलीले उनलाई मंगलबार काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको हो । काठमाडौं जिल्ला अदालतले पुनमलाई कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा चलान गरेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ३ : १५ बजे

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको

रियाद विमानस्थलमा घातक आक्रमणपछि हुथीविरुद्ध प्रतिकार गर्ने साउदी गठबन्धनको चेतावनी

रियाद- साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा भएको

श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन

भक्तपुर– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय

कैलालीका किसान धानबाली भित्र्याउँदै

धनगढी– कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ