ट्राफिक महाशाखाले उठायो एक वर्षमा ३१ करोड राजस्व « Khabarhub

ट्राफिक महाशाखाले उठायो एक वर्षमा ३१ करोड राजस्व


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष ०७५/०७६ मा सवारीसाधनबाट ३१ करोड राजस्व संकलन गरेको छ ।

मादक पदार्थ पिएर सवारी चलाउने, लेन अनुशासन पालना नगर्ने, बढी भाडा असुल्ने, जथाभावी सवारी पार्किङ गर्ने तथा ट्राफिक नियमको उल्लङघन गर्ने सवारी चालकलाई कारवाही गर्दा ३१ करोड राजश्व संकलन भएको हो ।

कारवाहीसँगै महाशाखाले ट्राफिक सचेतना कक्षामा बोलाइ चेतनामूलक कुराहरु सिकाउने र पटकपटक नियम उल्ङघन गर्नेलाई थप जरिवाना समेत लिइरहेको छ ।

सडकमा ट्राफिक नियम उल्ङघन गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ भने राजस्व संकलन पनि बढिरहेको छ ।

राजस्व संकलनको तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०७५/२०७६ सालमा ३१ करोड ५६ लाख २७ हजार ५ सय रुपैयाँको राजस्व संकलन भएको छ ।

आर्थिक वर्ष ०७४/०७५ मा २९ करोड ३१ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । त्यस्तै ०७३÷०७४ मा ३५ करोड ६० लाख ६७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । आर्थिक वर्ष ०७२÷७३ मा १५ करोड ८२ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गरिएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ३ : २४ बजे

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश