रंगशाला नबनेपछि नेपालले कुवेतसँगका दुबै खेल उसैको ‘होम’ग्राउण्डमा खेल्ने « Khabarhub

रंगशाला नबनेपछि नेपालले कुवेतसँगका दुबै खेल उसैको ‘होम’ग्राउण्डमा खेल्ने


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०२२ को फिफा विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले कुवेतसँगको दुवै खेल उसैको मैदानमा खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को मंगलबार बसेको कार्यसमितिको आकस्मिक बैठकले कुवेतसँगको दुवै खेल उसैको मैदानमा खेल्ने निर्णय गरेको हो ।

नेपालको एकमात्र दशरथ रंगशाला बिस २०७२ सालमा गएको महाभुकम्पका कारण भत्किएको र त्यसको पुननिर्माण सेप्टेम्बरसम्म नसकिने भएपछि एन्फाले पहिलो ‘होम’ गेम कुवेतमै खेल्ने निर्णय गरेको हो । एन्फाले एएफसीसँग छलफल गरेर निर्णय गरेको जनाएको छ ।

छनोटको समूह ‘बी’ मा रहेको नेपालले ५ सेप्टेम्बरमा कुवेतसँग होम गेम खेल्ने तालिका रहेको छ । अब नेपालले उक्त खेल कुवेतमा तोकिएको मितिमा खेल्नेछ । यस्तै नेपालले कुवेतसँग नोभेम्बर १९ मा अवे खेल खेल्नेछ ।

यस्तै एन्फाले चाईनिज ताईपे र जोर्डनसँग भने होम एण्ड अवे खेल सट्टापट्टा गरेर खेल्ने निर्णय गरेको छ । अब नेपालले चाईनिज ताईपे र जोर्डनसँग पहिले उसैको मैदानमा अवे खेल खेल्नेछ ।

नेपालले सेप्टेम्बर १० मा चाईनिज ताईपे र अक्टोबर १५ मा जोर्डनसँग घरेलु मैदानमा खेल्ने तालिका रहेको थियो । तर, अब उक्त दुवै खेल नेपालले पहिले उसैको मैदानमा खेल्नेछ । चाईनिज ताईपेसँग तय भएको सन् २०२० को मार्च २६ को अवे र जोर्डनसँग सन् २०२० को जुन ४ मा तय भएको अवे खेल नेपालमा हुनेछ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ३ : ३१ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी