रंगशाला नबनेपछि नेपालले कुवेतसँगका दुबै खेल उसैको ‘होम’ग्राउण्डमा खेल्ने « Khabarhub

रंगशाला नबनेपछि नेपालले कुवेतसँगका दुबै खेल उसैको ‘होम’ग्राउण्डमा खेल्ने


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०२२ को फिफा विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले कुवेतसँगको दुवै खेल उसैको मैदानमा खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को मंगलबार बसेको कार्यसमितिको आकस्मिक बैठकले कुवेतसँगको दुवै खेल उसैको मैदानमा खेल्ने निर्णय गरेको हो ।

नेपालको एकमात्र दशरथ रंगशाला बिस २०७२ सालमा गएको महाभुकम्पका कारण भत्किएको र त्यसको पुननिर्माण सेप्टेम्बरसम्म नसकिने भएपछि एन्फाले पहिलो ‘होम’ गेम कुवेतमै खेल्ने निर्णय गरेको हो । एन्फाले एएफसीसँग छलफल गरेर निर्णय गरेको जनाएको छ ।

छनोटको समूह ‘बी’ मा रहेको नेपालले ५ सेप्टेम्बरमा कुवेतसँग होम गेम खेल्ने तालिका रहेको छ । अब नेपालले उक्त खेल कुवेतमा तोकिएको मितिमा खेल्नेछ । यस्तै नेपालले कुवेतसँग नोभेम्बर १९ मा अवे खेल खेल्नेछ ।

यस्तै एन्फाले चाईनिज ताईपे र जोर्डनसँग भने होम एण्ड अवे खेल सट्टापट्टा गरेर खेल्ने निर्णय गरेको छ । अब नेपालले चाईनिज ताईपे र जोर्डनसँग पहिले उसैको मैदानमा अवे खेल खेल्नेछ ।

नेपालले सेप्टेम्बर १० मा चाईनिज ताईपे र अक्टोबर १५ मा जोर्डनसँग घरेलु मैदानमा खेल्ने तालिका रहेको थियो । तर, अब उक्त दुवै खेल नेपालले पहिले उसैको मैदानमा खेल्नेछ । चाईनिज ताईपेसँग तय भएको सन् २०२० को मार्च २६ को अवे र जोर्डनसँग सन् २०२० को जुन ४ मा तय भएको अवे खेल नेपालमा हुनेछ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ३ : ३१ बजे

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर– जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’

विश्वकप : आज सेमिफाइनल पुगिसकेको इंग्ल्यान्ड र संघर्षमा रहेको न्युजिल्यान्ड भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गत आज समूह ‘दुई’का

गुर्जावासीको दिनभरको यात्राअवधि साढे दुई घण्टामा छोटियो

गुर्जा– म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँ जोड्ने सडक निर्माण अन्तिम

संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं- संखुवासभा र ताप्लेजुङको सिमाना क्षेत्रमा आज बिहान भूकम्पको धक्का

बीबीसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचनको मुखैमा सार्वजनिक