एन्फा ‘चियाकाण्ड’ – विवकेलाई कारबाही, किरणलाई सचेत « Khabarhub

एन्फा ‘चियाकाण्ड’ – विवकेलाई कारबाही, किरणलाई सचेत


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ एन्फाले असार दोस्रा साता भएको ‘चिया काण्ड’मा फिटनेश ट्रेनर विवेक विक्रान्त अधिकारीलाई कारबाही गरेको छ ।

राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेमजोङ र अधिकारीबीच भएको विवादलाई लिएर एन्फाले कारबाही गरेको हो । मंगलबार बसेको एन्फाको आकस्मिक बैठकले अधिकारीलाई तत्कालका लागि जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।

अधिकारीलाई कारबाही गर्दा एन्फाले खेलाडीलाई भने रक्षा दिएको छ । किरणसँगको सामान्य विवादमै अधिकारीले उनको मुखमा चिया उछालेपछि विवाद शुरु भएको थियो ।

विश्‍वकप छनोट प्रतियोगिता तयारीका लागि असार ८ बाट अभ्यास थालेको राष्ट्रिय फुटबल टोलीका फिटनेस ट्रेनर अधिकारी र टोलीका उपकप्तान एवं गोलकिपर किरण चेमजोङबीच विवाद भएपछि अधिकारीले चेम्जोङको मुखमा चिया छ्यापिदिएका थिए ।

घटनापछि किरण सहितका राष्ट्रिय टिमका खेलाडीले एन्फामा निवेदन दिँदै विवेकलाई कारबाही गर्न माग गरेको थिए । सोही अनुसार एन्फाले विवेकलाई तत्काल फुटबल टिमको जिम्मेवारीमा नरहने गरि बाहिर राखेको थियो ।

घटनाको बिषयमा छानविन गर्न कार्यसमिति सदस्य मधुसुदन उपाध्यायको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ४ : १८ बजे

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर– जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’

विश्वकप : आज सेमिफाइनल पुगिसकेको इंग्ल्यान्ड र संघर्षमा रहेको न्युजिल्यान्ड भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गत आज समूह ‘दुई’का

गुर्जावासीको दिनभरको यात्राअवधि साढे दुई घण्टामा छोटियो

गुर्जा– म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँ जोड्ने सडक निर्माण अन्तिम

संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं- संखुवासभा र ताप्लेजुङको सिमाना क्षेत्रमा आज बिहान भूकम्पको धक्का

बीबीसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचनको मुखैमा सार्वजनिक