‘सुपरपावर ग्याङ’लाई नै सखाप पार्ने त्यो ‘पङ्गानी सिक्स’ दस्ता « Khabarhub

‘सुपरपावर ग्याङ’लाई नै सखाप पार्ने त्यो ‘पङ्गानी सिक्स’ दस्ता


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केन्या– केन्याको राजधानी नैरोबीस्थित इष्टलेइग क्षेत्रमा केही वर्षअघिसम्म ‘सुपरपावर’ नाम गरेको आपराधिक ग्याङ निकै सक्रिय थियो ।

ग्याङका सदस्यले सो क्षेत्रमा आपराधिक गतिविधि बढाउन थालेपछि यसलाई नियन्त्रण गर्न प्रहरीले विशेष दस्ता गठन गर्‍यो । उक्त दस्ताले अपराधविरुद्धको कारबाहीलाई तीव्र बनाएपछि अहिले नैरोबीमा आपराधिक गतिविधिमा निकै कमी आएको छ ।

सन् २०१७ को मार्च महिनामा एउटा भिडियो निकै भाइरल भयो । भिडियोमा राजधानी नैरोबीमा सादा पोसाकमा रहेका एक जना निकै नै विवादास्पद प्रहरी अधिकारीले संदिग्ध आपराधिक ग्याङका सदस्यलाई दिउँसै गोली हानेर मार्ने गरेका थिए । कर्पोरल अहमद रशिदको यो कारबाहीलाई लिएर उनको वाहवाही भयो ।

नैरोबीमा अधिकांश सोमाली आप्रवासीको बसोबास रहेको इष्टलेइग भन्ने क्षेत्रमा आर्थिक र व्यापारिक रुपमा समृद्ध छ । यही क्षेत्रसँग सीमा जोडिएको मदारे क्षेत्र भने गरिबीको चपेटामा छ । यही आर्थिक असमानताका कारण सो क्षेत्रमा आपराधिक ग्याङ सक्रिय छन् ।

सो क्षेत्रमा सक्रिय सबैभन्दा सक्रिय ग्याङको नाम हो ‘सुपरपावर’ । सुपरपावर ग्याङका सदस्यहरु दिउँसै मानिसहरुमाथि आक्रमण गर्ने, पैसा र सामान लुटपाट गर्ने इत्यादि कामहरु गर्दै आएका थिए ।

हतियार तथा लागूपदार्थको कारोबार, डकैती, हत्या, हिंसाका कारण इष्टलेइग क्षेत्रका मानिसहरु प्रताडित भइरहेकै अवस्थामा अहमद रशिद त्यसबेला केन्याको अपराध अनुसन्धान निर्देशनालयमा काम गर्ने प्रहरी अधिकारी थिए ।

स्थानीयको माग बमोजिम प्रहरीले सो क्षेत्रमा आपराधिक ग्याङलाई निर्मूल पार्नका लागि सन् २०१५ मा ६ प्रहरी सम्मिलित विशेष दस्ता तयार पारिएको थियो । कर्पोरल अहमद रशिदको नेतृत्वमा रहेको उक्त दस्ताले आपराधिक ग्याङका सदस्यलाई सकेसम्म जिवितै पक्राउ गरी कानूनी कारवाही अघि बढाउने वा त्यसो नभएको खण्डमा गोली हान्ने सम्मका कारवाही गर्न थाल्यो ।

कर्पोरल अहमद रशिदको उक्त दस्तालाई ‘पङ्गानी सिक्स’ नाम दिइयो । यही क्रममा सन् २०१६ देखि फेसबुकको एक पेजले आपराधिक ग्याङका सदस्यलाई आतंकित बनाउन थाल्यो । हेसे वा कायोली नामक उक्त पेजमा आपराधिक ग्याङका सदस्यलाई मारिएको तस्बीर अपलोड हुन थालेको थियो ।

उक्त पेजबाट अपराधमा संलग्नहरुको नामै किटेर चेतावनी समेत जारी गरिन्थ्यो । फेसबुकले ती तस्बीरहरु सीधै नदेखाए पनि फेसबुक प्रयोगकर्ताले त्यसलाई हेर्न सक्ने विकल्प भने हुने गरेको थियो ।

त्यसपछि फेसबुकमा विभिन्न समूहहरु निर्माण भई अपराधीहरुको पहिचान सार्वजनिक गरिन थालियो । पङ्गानी सिक्सका प्रहरीले एकपछि अर्को गरी ती अपराधीहरुलाई समाप्त पार्ने कारवाहीलाई अझ तीब्रता दिँदै गयो ।

पछिल्लो समय सो क्षेत्रमा आपराधिक गतिविधिमा निकै नै कमी आएको छ । तर, केही विपक्षीहरुले भने अपराधीको नाममा हुँदै आएको गैर न्यायिक हत्यालाई रोक्नुपर्ने माग गर्दै आएका छन् ।

त्यहाँका स्थानीयहरु भने प्रहरीको यो कदमको खुलेर स्वागत गर्ने गरेका छन् । त्यहाँको प्रहरीले पनि कर्पोरल अहमद रशिदलाई कुनै कारवाही गर्न चाहिरको छैन । कर्पोरल अहमद रशिद प्रहरीमा अझै सेवारत छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ५ : ०७ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी