‘सुपरपावर ग्याङ’लाई नै सखाप पार्ने त्यो ‘पङ्गानी सिक्स’ दस्ता | Khabarhub Khabarhub

‘सुपरपावर ग्याङ’लाई नै सखाप पार्ने त्यो ‘पङ्गानी सिक्स’ दस्ता


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केन्या– केन्याको राजधानी नैरोबीस्थित इष्टलेइग क्षेत्रमा केही वर्षअघिसम्म ‘सुपरपावर’ नाम गरेको आपराधिक ग्याङ निकै सक्रिय थियो ।

ग्याङका सदस्यले सो क्षेत्रमा आपराधिक गतिविधि बढाउन थालेपछि यसलाई नियन्त्रण गर्न प्रहरीले विशेष दस्ता गठन गर्‍यो । उक्त दस्ताले अपराधविरुद्धको कारबाहीलाई तीव्र बनाएपछि अहिले नैरोबीमा आपराधिक गतिविधिमा निकै कमी आएको छ ।

सन् २०१७ को मार्च महिनामा एउटा भिडियो निकै भाइरल भयो । भिडियोमा राजधानी नैरोबीमा सादा पोसाकमा रहेका एक जना निकै नै विवादास्पद प्रहरी अधिकारीले संदिग्ध आपराधिक ग्याङका सदस्यलाई दिउँसै गोली हानेर मार्ने गरेका थिए । कर्पोरल अहमद रशिदको यो कारबाहीलाई लिएर उनको वाहवाही भयो ।

नैरोबीमा अधिकांश सोमाली आप्रवासीको बसोबास रहेको इष्टलेइग भन्ने क्षेत्रमा आर्थिक र व्यापारिक रुपमा समृद्ध छ । यही क्षेत्रसँग सीमा जोडिएको मदारे क्षेत्र भने गरिबीको चपेटामा छ । यही आर्थिक असमानताका कारण सो क्षेत्रमा आपराधिक ग्याङ सक्रिय छन् ।

सो क्षेत्रमा सक्रिय सबैभन्दा सक्रिय ग्याङको नाम हो ‘सुपरपावर’ । सुपरपावर ग्याङका सदस्यहरु दिउँसै मानिसहरुमाथि आक्रमण गर्ने, पैसा र सामान लुटपाट गर्ने इत्यादि कामहरु गर्दै आएका थिए ।

हतियार तथा लागूपदार्थको कारोबार, डकैती, हत्या, हिंसाका कारण इष्टलेइग क्षेत्रका मानिसहरु प्रताडित भइरहेकै अवस्थामा अहमद रशिद त्यसबेला केन्याको अपराध अनुसन्धान निर्देशनालयमा काम गर्ने प्रहरी अधिकारी थिए ।

स्थानीयको माग बमोजिम प्रहरीले सो क्षेत्रमा आपराधिक ग्याङलाई निर्मूल पार्नका लागि सन् २०१५ मा ६ प्रहरी सम्मिलित विशेष दस्ता तयार पारिएको थियो । कर्पोरल अहमद रशिदको नेतृत्वमा रहेको उक्त दस्ताले आपराधिक ग्याङका सदस्यलाई सकेसम्म जिवितै पक्राउ गरी कानूनी कारवाही अघि बढाउने वा त्यसो नभएको खण्डमा गोली हान्ने सम्मका कारवाही गर्न थाल्यो ।

कर्पोरल अहमद रशिदको उक्त दस्तालाई ‘पङ्गानी सिक्स’ नाम दिइयो । यही क्रममा सन् २०१६ देखि फेसबुकको एक पेजले आपराधिक ग्याङका सदस्यलाई आतंकित बनाउन थाल्यो । हेसे वा कायोली नामक उक्त पेजमा आपराधिक ग्याङका सदस्यलाई मारिएको तस्बीर अपलोड हुन थालेको थियो ।

उक्त पेजबाट अपराधमा संलग्नहरुको नामै किटेर चेतावनी समेत जारी गरिन्थ्यो । फेसबुकले ती तस्बीरहरु सीधै नदेखाए पनि फेसबुक प्रयोगकर्ताले त्यसलाई हेर्न सक्ने विकल्प भने हुने गरेको थियो ।

त्यसपछि फेसबुकमा विभिन्न समूहहरु निर्माण भई अपराधीहरुको पहिचान सार्वजनिक गरिन थालियो । पङ्गानी सिक्सका प्रहरीले एकपछि अर्को गरी ती अपराधीहरुलाई समाप्त पार्ने कारवाहीलाई अझ तीब्रता दिँदै गयो ।

पछिल्लो समय सो क्षेत्रमा आपराधिक गतिविधिमा निकै नै कमी आएको छ । तर, केही विपक्षीहरुले भने अपराधीको नाममा हुँदै आएको गैर न्यायिक हत्यालाई रोक्नुपर्ने माग गर्दै आएका छन् ।

त्यहाँका स्थानीयहरु भने प्रहरीको यो कदमको खुलेर स्वागत गर्ने गरेका छन् । त्यहाँको प्रहरीले पनि कर्पोरल अहमद रशिदलाई कुनै कारवाही गर्न चाहिरको छैन । कर्पोरल अहमद रशिद प्रहरीमा अझै सेवारत छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ५ : ०७ बजे

गिजोलिएको टीआरसी विधेयक : सत्तारुढको हतारो, प्रतिपक्षको मोलतोल 

सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकबारे नयाँ बनेको पाँच दलीय गठबन्धन सरकारले

रूसविरुद्ध एफ-१६ लडाकु विमान प्रयोग भए वैध निशाना बनाउने पुटिनको घोषणा

मस्को– युक्रेनलाई दिइएको एफ-१६ लडाकु विमान तेस्रो पक्षबाट प्रयोग गरिएमा

गैँडाकोटमा अनलाइनबाट नागरिकता सिफारिस

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित गैँडाकोट नगरपालिकाले अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस

इलामको उपनिर्वाचनमा रास्वपाले मिलन लिम्बूलाई उठाउने  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को उपनिर्वाचनमा मिलन लिम्बूलाई

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो

ढाका– बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ