अस्ट्रेलियाले उद्योगका फोहोरबाट सडक बनाउँदै « Khabarhub

अस्ट्रेलियाले उद्योगका फोहोरबाट सडक बनाउँदै


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बढ्दो प्रदुषणले विश्वका लागि चुनौती थपिँदै गएको छ । एक रिपोर्टका अनुसार कंक्रिटबाट बन्ने सडकहरुका कारण सात प्रतिशत हरित गृह उत्सर्जन हुने गर्छ ।

भावी पिडीका लागि वातावरणलाई सुरक्षित राख्न पछिल्लो समय विश्वका हरेक देश हरित गृह उत्सर्जनको स्तर घटाउने प्रयासमा जुटिरहेका छन् ।

यही प्रयासअन्तर्गत अस्ट्रेलियामा भने विश्वकै पहिलो पटक उद्योगबाट निस्कने फोहोरबाट सकड निर्माणको तयारी भइरहेको छ ।

कोइलाबाट चल्ने विद्युतीय संयन्त्र तथा स्टिल उत्पादन गर्ने उद्योगबाट निस्कने फोहोर प्रयोग गरी अस्ट्रेलियाको सिड्नीमा सडक निर्माणको तयारी भइरहेको हो । यसको मुख्य उद्देश्य भनेको कंक्रिटबाट बन्ने सडकका कारण हरित गृह ग्यासको वृद्धिले वातावरणमा पर्दै गएको प्रभावलाई कम गर्नु हो ।

स्कुल अफ सिभिल एण्ड इन्भाइरोमेन्टल इन्जिनियरिङ्गका प्रमुख स्टिफन फास्टरका अनुसार औद्योगिक फोहोरबाट निर्माण हुने सडकलाई आगामी पाँच वर्षसम्म निगरानी गरिने छ । शुरुमा ३ देखि १२ महिनाको अवधिमा यो सडकको क्षमताबारे जानकारी प्राप्त हुने र त्यसैको आधारमा थप सुधार तथा परिवर्तन गरिने छ ।

कार्बन उत्सर्जन सम्बन्धी एक अध्ययनअनुसार सन् २०१८ मा विश्वभरमा ४ दशमलब १ बिलियन टन सिमेन्ट उत्पादन भएको थियो । यसबाट करिब ३ दशमलब ५ बिलियन कार्बनडाई अक्साइड उत्सर्जन भएको थियो ।

संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा नीति निर्माता तथा पर्यावरणविदहरुले सन् २०३० सम्ममा सिमेन्टबाट उत्पादन हुने कार्बन उत्सर्जन १६ प्रतिशतभन्दा कम गर्ने लक्ष्य लिएका थिए ।

यही विषयलाई मध्यनजर गर्दै अस्ट्रेलियाले कंक्रिट सडकको स्थानमा फोहोरबाट सडक निर्माण गर्ने र प्रदुषण तथा हरित गृह ग्यास उत्सर्जन घटाउने उद्देश्य लिएको हो ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ५ : ३० बजे

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– आजदेखि नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ