फिफा वर्ष पुरुष प्रशिक्षकमा अल्जेरियाका जमेल बेलमाडीदेखि पूर्व विजेता डेस्च्याम्पसम्म « Khabarhub

फिफा वर्ष पुरुष प्रशिक्षकमा अल्जेरियाका जमेल बेलमाडीदेखि पूर्व विजेता डेस्च्याम्पसम्म


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले वर्ष पुरुष उत्कृष्ट प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको छ । जसमा पूर्व विजेता प्रशिक्षक फ्रान्सका डिडियर डेस्च्याम्पसहित अल्जेरियाका जमेल बेलमाडीसम्म अटाएका छन् ।

फिफाले बुधबार सार्वजनिक गरेको मनोनयनमा अल्जेरियाका जमेल बेलमाडी, फ्रान्सका डिडियर देसच्याम्प, मार्सेलो गेलार्दो, रिकार्डो गेरेसो, पेप गोर्डियालो छन् ।

यस्तै, योर्गन क्लोप, माउरिसियो पोचेटिन्हो, फर्नान्डो सान्तोस, इरिक टेन हग र टिटे रहेका छन् । देसच्याम्पले अघिल्लो वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड पाएका थिए ।

१० जनामध्ये ३ जना अर्जेन्टाइन् प्रशिक्षकले स्थान बनाएका छन् । जसमा मार्सेलो गेलार्दो, रिकार्डो गेरेसो र माउरिसियो पोचेटिन्हो अर्जेन्टिनी नागरिक हुन् ।

फिफाले सन् २०१८ जुलाई १६ देखि २०१९ जुलाई १९ सम्ममा टिमलाई दिलाएको सफलताका आधारमा उत्कृष्ट प्रशिक्षक छानेको हो ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ६ : ३१ बजे

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि