४ दर्जन कर्मचारी रहेको वैद्यखानामा मन्त्री पुग्दा जम्मा ४ जना « Khabarhub

४ दर्जन कर्मचारी रहेको वैद्यखानामा मन्त्री पुग्दा जम्मा ४ जना


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सिंहदरबार वैद्यखाना विकास समिति कार्यालयको बुधबार छड्के अनुगमन गरेका छन् ।

उपप्रधानमन्त्री यादवले वैद्यखानाको अनुगमन गरी प्रगति विवरण र आगामी कार्ययोजना मन्त्रालयमा पेश गर्न वैद्यखानाका प्रबन्ध निर्देशकलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

जडीबुटिजन्य औषधि उत्पादक संस्था वैद्यखानाको काम कारवाहीबारे जनगुनासो बढेपछि उनले छड्के अनुगमन गरेका हुन् ।

अनुमगनका क्रममा चारजना कामदार मात्रै औषधि कारखानामा काम गर्दै गरेको पाइएको थियो ।करीब चार दर्जन कर्मचारी रहेको वैद्यखानामा चार जना मात्रै काम गरेको देखेर उपप्रधानमन्त्री यादवले असन्तुष्टि व्यक्त गरे ।

वैद्यखानाको दुरावस्था देखेर उनले हालको प्रगति विवरण र नयाँ कार्ययोजना पेश गर्न निर्देशन दिएका हुन् । उपप्रधानमन्त्री यादवसँगै अनुगमनमा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव, मन्त्रालयका सचिव रामकुमार थपलिया र स्वास्थ्यमन्त्रीका सल्लाहकार डा केके राई सहभागी थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ७ : ३८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार